पहिचान स्थापितभएको आदिबासीले महशुस गरेमात्र एकता: प्रचण्ड (तस्विरसहित)


3

काठमाडौं, साउन २५ गते । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आदीबासी समुदायले नयाँ संविधानमा पहिचान स्थापित भएको महुशस नगर्दासम्म एकता कायम हुन नसक्ने बताउनुभएको छ ।

विश्व आदिबासी दिवसको अवसरमा आदिबासी जनजाति महासंघले मंगलबार यहाँ आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले त्यस्तो बताउनुभयो । उहाँले संविधान संशोधन गरेर आदिवासी जनजाति र मधेशीका माग सम्बोधन गरिने प्रतिवद्धता जनाउनुभयो ।

संघीय गठबन्धनसँग गरेको सहमति अनुसार सरकारले संविधान संशोधनको प्रस्ताव संसद्मा पेश गर्नेमा विश्वस्त रहन पनि उहाँल आदिबासी जनजाति नेताहरुसँग आग्रह गर्नुभयो ।

प्रधानमन्त्री दाहालले आदिवासी जनजाति र मधेशी लगायतका समुदायले संविधानमा आफ्नो पहिचान स्थापित भएको महसुश नगरेसम्म मुलुकको राष्ट्रिय एकता मजबुत हुन नसक्ने बताउनुभयो।

2

कार्यक्रममा नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले संविधानले कुनैपनि जातजाति र भाषाभाषीमाथि विभेद् नगरेको भन्दै नयाँ माग राख्नतिर भन्दा प्राप्त उपलब्धीको संरक्षण गर्नतिर ध्यान दिन आदिवासी जनजातिका अगुवासँग आग्रह गर्नुभयो । उहाँले आदिवासी जनजातिहरुले संविधानको कार्यान्वयनमा सहयोगी भूमिका खेले पहिचान कायम गर्न काँग्रेसले सहयोग गर्ने विश्वास दिलाउनुभयो ।

सो अवसरमा आदिबासी जनजाति नेताहरुले संयुक्त राष्टसँगले विश्व आदिबासी जनजाति दिवस मनाउने शुरुवात गरेपनि सदस्य राष्टभएर पनि नेपालले अहिलेसम्म दिवस नमनाएकोमा दुःख व्यक्त गरेका थिए । सो अवसरमा प्रचण्डले अर्को वर्षदेखि आदिबासी दिवस सरकारको तर्फबाट मनाउन शुरु गरिने प्रतिवद्धता पनि जनाउनुभयो ।

6

हेर्नुहोस तस्विरमा आदिबासी दिवस

 1

7

8

4

5

तपाईको प्रतिक्रिया