सिमांकन प्रतिवेदन भदौभित्र कार्यान्वयन हुनुपर्छः निर्वाचन आयोग


Election

काठमाडौं, साउन २५ गते । प्रमुख दलसहित चौतर्फी स्थानीय तहको सिंमाकन सम्बन्धी आयोगको प्रारम्भिक खाकामाथि विरोध आइरहेका बेला निर्वाचन आयोगले भने मंसिरभित्र स्थानीय निर्वाचन गराउन भदौभित्र आयोगको प्रतिवेदन कार्यान्वयनमा आइसक्नुपर्ने बताएको छ ।

तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न भदौ भित्र सीमाकंन आयोगको प्रतिवेदन कार्यान्वयन भइसक्नुपर्छ निर्वाचन आयोगले भनेको छ।
आयोगले मंगलबार सरोकारवालासँग गरेको छलफलमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले यसअघिको सरकारले प्रस्ताव गरेको निर्वाचन तोकिएको मितिमै सम्पन्न गर्न सीमाकंन आयोगको प्रतिवेदन भदौभित्र कार्यान्वयन भइसक्नुपर्छ भन्नुभयो ।

‘अहिलेसम्म आयोगले प्रतिवेदन बुझाएको छैन,’ उहाँले भन्नुभयो, ‘तोकिएको मितिमा निर्वाचन गर्न भदौभित्र आयोगको प्रतिवेदन कार्यान्वयन भइसक्नुपर्छ।’

‘अहिलेसम्म आयोगले प्रतिवेदन बुझाएको छैन,’ उहाँले भन्नुभयो, ‘तोकिएको मितिमा निर्वाचन गर्न भदौभित्र आयोगको प्रतिवेदन कार्यान्वयन भइसक्नुपर्छ।’

आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका सम्बन्धनमा व्यवस्था गर्न बनेको विधेयक चाँडो पारित गर्नसमेत आग्रह गरेको छ। प्रमुख निर्वाचन आयुक्त यादवले आयोगले आगामी निर्वाचनलाई लक्षित गरी ६ वटा कानुनको ड्राफ्ट सरकारलाई बुझाएको जनाउँदै चाँडो कानुन पारित गर्न आग्रह गर्नुभयो । ‘

मंसिरभित्र स्थानीय निकायको निर्वाचन गर्न भदौ भित्र सीमाकंन आयोगको प्रतिवेदन कार्यान्वयन भइसक्नुपर्छ,’ उहाँको भनाई छ । उहाँले स्थानीय निकायको निर्वाचन नभइ राष्ट्रियसभाको निर्वाचन हुन नसक्ने र राष्ट्रियसभाको निर्वाचन नभइ संघीय प्रदेशको निर्वाचन हुन नसक्ने भन्दै चाँडो कानुन बनाउन आग्रह गर्नुभयो ।

सीमाकंन आयोगको कामप्रति राजनीतिकदलले आपत्ति जनाउँदै आएका छन्। आदिबासी जनजातिका अगुवाले समेत पहिचान विरोधी आयोगले प्रतिवेदनको प्रारम्भिक खाका बुझाएको भन्दै सच्याउन माग गरेका छन् । आयोगले मंगलबार पूर्व निर्वाचन आयुक्त, कानुनविद्, राजनीतिक दलका नेतासँग छलफल गरेको थियो ।

तपाईको प्रतिक्रिया