प्रचण्ड नेतृत्वको सरकार लिखितम म्यादी सरकार होः अध्यक्ष ओली


SAM_5416

काठमाडौं, साउन २६ गते । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक र राजनीतिक रिक्तता खडा गरेर मुलुकलाई अर्को द्वण्द्वतिर लग्ने षडयन्त्र भइरहेको बताउनुभएको छ ।

प्रेस चौतारी नेपालको आयोजनामा बुधबार एमाले मुख्यालय धुम्बाराहीमा आयोजित अन्तरसंवाद कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री ओलीले त्यस्तो बताउनुहुँदै वर्तमान सरकार आफ्नो विवेकले नचलेको दावी गर्नुभयो । “सरकार आफ्नो बुद्धि र विवेकले चलेको भए दलहरुबीच सहकार्य र एकताको प्रयास हुन्थ्यो, अरुको बुद्धिबाट चलेकाले समस्या आयो” उहाँले भन्नुभयो ।

वर्तमान सरकार अरुको रिमोटबाट चलेकाले कसैको हप्की र दप्कीबाट एमाले नतर्सने भन्दै उहाँले देश र जनताको पक्षमा निरन्तर संघर्ष गर्ने बताउनुभयो । प्रतिपक्षीमा रहेर जिम्मेवार भूमिका निर्वाह गर्ने भन्दै उहाँले जनतालाई कुनै किसिमको अन्याय र अपमान भोग्न नपरोस् भन्नेमा आफूहरु सचेत रहेको बताउनुभयो । विभिन्न रंगीन कुराबाट देश र जनतालाई समस्यामा पार्ने योजनावद्ध षडयन्त्र भइरहेको उहाँले टिप्पणी गर्नुभयो ।

“आउने मंसिरसम्म स्थानीयतहको निर्वाचन नगराई पुनः मुलुकलाई अस्थिरता र असफलता तर्फ लग्ने प्रयास भइरहेको छ, नेपाली जनताहरु यसप्रति सचेत हुनुपर्छ” भन्दै अध्यक्ष ओलीले देशको राष्ट्रियता र विकास निर्माणकालागि आफ्नो नेतृत्वको सरकारले आधार तयार गरेको दावी गर्नुभयो । तत्कालिन सरकारले बनाएको कार्यतालिकाअनुसार निर्वाचन भएमात्र संविधान कार्यान्वयन हुने बताउनुभयो । देशको छविलाई अन्तर्राष्ट्रिय क्षेत्रमा आफू नेतृत्वको सरकारले सन्तुलित र उच्च बनाएको उहाँले दावी गर्नुभयो ।

राजनीतिलाई पद प्राप्त गर्ने साधनकोरुपमा प्रयोग नगर्न आग्रह गर्दै उहाँले वर्तमान सरकारलाई संकेत गर्दै भन्नुभयो, “एक माघले जाडो जाँदैन ।” लिखितम औंठाछाप लगाएर बनेको प्रचण्ड नेतृत्वको सरकारलाई उहाँले ‘लिखितम म्यादी सरकार’ को आरोप लगाउनु  भयो ।

“मेरो नेतृत्वको सरकारले बनाएको बाटोमा अब कुनैपनि सरकार नहिडि सुखै छैन”, भन्दै उहाँले केही राजदूतलाई सुनुवाई नगरी फिर्तालिएको वर्तमान सरकारको निर्णयप्रति कडा आपत्ति जनाउनुभयो । “राजदूतको काम मन नपरे सरकारले जतिबेला पनि फिर्ता बोलाउन सक्छ, निर्णय सल्टाएर सरकारले अवैधानिक र बेठीक काम ग¥यो” उहाँले भन्नुभयो ।

राजनीतिलाई पद प्राप्त गर्ने साधनकोरुपमा प्रयोग नगर्न आग्रह गर्दै उहाँले वर्तमान सरकारलाई संकेत गर्दै भन्नुभयो, “एक माघले जाडो जाँदैन ।” लिखितम औंठाछाप लगाएर बनेको प्रचण्ड नेतृत्वको सरकारलाई उहाँले ‘लिखितम म्यादी सरकार’ को आरोप लगाउनुभयो । हिजोका दिनमा कांग्रेस र माओवादीले ओली नेतृत्वको सरकारलाई म्यादी सरकार भन्ने गथ्र्यौ ।

यसअघिको सरकारले तराई मधेसको आन्दोलनमा घाइते भएकाहरुको उपचार, मृतकलाई १० लाख रुपियाँको दरले सरकारले भुक्तानी गरिसकेको भन्दै उहाँले पुनः १० लाख दिने वर्तमान सरकारको काम बेइमानीपूर्ण रहेको तर्क गर्नुभयो । “सहयोग व्यक्तिलाई दिने हो कि पार्टीलाई ? पार्टीलाई व्यान्डेज र मलमपट्टि लगाउने त हैन होला ?” उहाँले जिज्ञासा गर्नुभयो ।

तपाई नेतृत्वको सरकारले अघिसारेको विकास निर्माणको स्रोत के हो ? भनेर प्रधानमन्त्री प्रचण्डले जिज्ञासा राख्नुभएको पत्रकारको जिज्ञासामा अध्यक्ष ओलीले भन्नुभयो, “उहाँले मलाई लिखित निवेदन हाल्नुभयो भने स्रोतबारे बताउँला ।” आफूले डेरा सरिसकेपछि बालुवाटारको भान्सामा चोरी भएको विषयलाई लिएर केही मिडियाले भान्साको गलत तस्विर हालेर तल्लोस्तरमा समाचार प्रकाशन गरेकोप्रति आपत्ति जनाउँदै उहाँले इमानको पत्रकारिता गर्न आग्रह गर्नुभयो ।

सरकार परिवर्तन गरेर नेपाल र एमालेप्रति षडयन्त्र भएको बताउँदै उहाँले भन्नुभयो, “केपी ओलीको तेजोबध नगरेसम्म एमालेलाई कमजोर पार्न सकिदैन भन्ने षडयन्त्रमा विरोधीहरु लागे, हामी कसैले लगाइदिएको लिस्नोबाट यहाँसम्म आइपुगेका हैनौं, संघर्षका मैदानबाट आएका हौं ।”

एमालेमाथि प्रहार हुनुभनेको देशप्रति प्रहार हुनु हो भन्दै अध्यक्ष ओलीले देश र जनताको हित विपरित कामको डटेर सामना गर्ने बताउनुभयो । भिष्मपितामहलाई सरशैयामा सुताएपछि कौरवहरुलाई त्यतिबेला लडाई लड्न सजिलो भएको थियो, तर एमाले अहिले यत्ति बलियो छ कि सरशैयामा सुत्नै मान्दैन” उहाँले भन्नुभयो ।

“केपी ओलीको तेजोबध नगरेसम्म एमालेलाई कमजोर पार्न सकिदैन भन्ने षडयन्त्रमा विरोधीहरु लागे, हामी कसैले लगाइदिएको लिस्नोबाट यहाँसम्म आइपुगेका हैनौं, संघर्षका मैदानबाट आएका    हौं ।”

जनताको बलिदान र संघर्षले प्राप्त उपलब्धीलाई संस्थागत गर्ने चरणमा देश रहेकाले कुनै हालतमा त्यसको पक्षमा उभिन सबैलाई अध्यक्ष ओलीले आव्हान गर्नुभयो । कांग्रेस–माओवादीको संघीय गठबन्धनसँग गरेको तीनबुँदे सहमतिका विषयमा पत्रकारले सोधेको जिज्ञासामा अध्यक्ष ओलीले भन्नुभयो, “देश र जनताको पक्षमा हुने काममा एमाले सहयोग गर्छ, त्यसको बर्खिलापमा हुने कुनैपनि काममा हाम्रो सहयोग रहँदैन ।”

माओवादी अध्यक्ष प्रचण्डले एमालेका नेताहरुलाई आफूले प्रधानमन्त्री बनाएको भन्ने उहाँको अभिव्यक्तिको जवाफ दिंदै अध्यक्ष ओलीले भन्नुभयो, “तपाईको पार्टीसँग ८१ मत मात्र छ, यसअघि तपाइलाई प्रधानमन्त्री कसले बनायो ? तपाईको पार्टीलाई उपराष्ट्रपति, सभामुख कसले बनायो ? सम्मानजनक मन्त्रालयका मन्त्री कसले बनाएको थियो ?” यसअघिको प्रचण्डलाई एमालेले प्रधानमन्त्री बनाएको थियो, अहिले कांग्रेसले बनायो उहाँले भन्नुभयो ।

चौतारीका अध्यक्ष गणेश बस्नेको सभापतित्वमा भएको कार्यक्रममा पार्टीका महासचिव ईश्वर पोखरेल, सचिव प्रदीप ज्ञवाली, स्थायी कमिटीका सदस्यहरु शंकर पोखरेल, किरण गुरुङ, सचिव योगेश भट्टराई लगायतको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया