कटुवा पेस्तोलसहित ओमप्रकाश चौधरीलाई प्रहरीले पक्राउ गर्यो


Pestol

धनगढी, साउन २७ गते । कैलाली जिल्लाको दक्षिणी क्षेत्रको पवेरा गाविस– ६ का ओमप्रकाश चौधरीलाई कैलाली प्रहरीले हतियारसहित पक्राउ गरेको जनाएको छ । तर चौधरीको अवस्था सार्वजनिक गरिएको छैन ।

चौधरीलाई एक नाल कटुवा पेस्तोल तथा त्यसमा लाग्ने गोली चार राउण्ड र ‘थ्रि नट थ्रि राईफलमा प्रयोग हुने दुई राउण्ड गोलीसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरिक्षक राजेन्द्र विष्टले बताउनुभयो ।

निजको घरमा हातहतियार खरखजाना रहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय हसुलियाबाट गएको प्रहरी टोलीले घरमा खानतलासी गर्दा उक्त हतियार बरामद गरिएको जनाइएको छ ।

निजको घरमा हातहतियार खरखजाना रहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय हसुलियाबाट गएको प्रहरी टोलीले घरमा खानतलासी गर्दा उक्त हतियार बरामद गरिएको जनाइएको छ ।

माथिको निर्देशनअनुसार पक्राउ परेका चौधरीको अवस्था सार्वजनिक नगरिएको सुरक्षाकर्मीको भनाई छ । पक्राउ परेका चौधरीलाई अवैध हातहतियार तथा खरखजाना अन्तर्गत मुद्दा लाउने तयारी प्रहरीले गरेको छ ।

तपाईको प्रतिक्रिया