आदिबासी अगुवा पत्रकारले भने, ‘आदिबासी पत्रकारले तलब पाएनन्’


Kanchanpur

रामचन्द्र कुश्मी
कञ्चनपुर, साउन २७ गते । आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज० कञ्चनपुर शाखाले आज १७ औं स्थापना दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

फोनिज कञ्चनपुर शाखाका अध्यक्ष हेमन्ति चौधरीको सभाध्यक्षमा भएको कार्यक्रममा, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् कञ्चनपुरका संस्थापक पूर्व अध्यक्ष बसन्तकुमार गुरुङको प्रमुख आतिथ्यमा कार्यक्रम सम्मपन्न भएको हो ।

प्रमुख अतिथि बसन्तकुमार गुरुङले नेपाल पत्रकार महासंघ, लगायत सरकारी तथा गैरसरकारी निकायबाट समेत आदिवासी जनजाति प्रत्रकारहरुलाई समन्वयमा कञ्जुस्याई भइरहेकोले सम्बिन्धित निकायको कार्यशैलीमा सुधार हुनुपर्ने बताउनुभयो ।

सभाध्यक्ष हेमन्ती चौधरीले आर्थिक बजेटमा आदिवासी जनाजाति पत्रकार महासंलाई सरकारी निकायबाट बेबास्ता भएको र आदिवासी जनजाति पत्रकारहरुलाई विभिन्न सञ्चारगृहले तबल सुविधाबाट बञ्चित गरेकोले आदिवासी जनजाति पत्रकारहरुको पत्रकारीता पेशामा कमिआएको बताउनुभयो ।

नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाका अध्यक्ष लक्ष्मण तिवारीले पत्रकार महासंघले आदिवासी पत्रकारहरुलाई महासंघले विकास तथा क्रियाशीलताका लागि स्थान दिनएको र आदिवासी जनजाति पत्रकार महासंघले पनि पत्रकारीता क्षेत्रको विकासका लागि विभिन्न सरोकारबाला निकायमा समन्वय गर्नु पर्ने बताउनुभयो ।

नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद कञ्चनपुरका उपाध्यक्ष प्रेमवति रानाले अझैपनि नेपालका संचार माध्यमले जनजातिको मुद्दालाई ओझेलमा पार्ने गरेकोले संचारमाध्यम तथा पत्रकारहरुलाई यसो नगरिदिन अनुरोध गर्नु भयो । त्यसैगरि नागरिक समाजका अगुवा बलबहादुर डंगौराले पार्टिपिछ्छे खुलेको पत्रकार संगठनहरु पत्रकारीता पेशाभन्दा पार्टिका सिद्धान्तप्रति पत्रकारको झुकाब बढेकाले पत्रकारीता पेशालाई मर्यादित बनाउन आग्रह गर्नुभयो ।

होटेल ओपेरामा भएको शुभकामना आदानप्रदान कार्यक्रममा विभिन्न संचारमाध्यममा आवद्ध २० जना पत्रकारले आ–आफ्नो भनाई तथा शुभकामना मन्तव्य राखेका थिए । फोनिजमा ४६ जिल्ला शाखा, ४ विदेश शाखा रहेको छन् भने यसैगरी ८ वटा जातीय पत्रकार संस्थाहरु यसमा आवद्ध फोनिजमा करीब ४ हजार व्यावसायिक पत्रकार आवद्धछन् ।

फोनिज कोषध्यक्ष रामचन्द्र कुश्मीले संचालन गरेको उक्त कार्यक्रमको रेडियो पहिचान, शुक्लाफाँटा एफ।एम. र रेडियो प्रभु एफ।एमबाट प्रत्यक्ष प्रसारण भएको थियो ।

तपाईको प्रतिक्रिया