मनोरञ्जन क्षेत्रमा कार्यरत महिला मजदुरहरुले पारिश्रमिक पाएनन्


Mahila

काठमाडौं, साउन २९ गते । अनौपचारिक तथा मनोरन्जन क्षेत्रमा कार्यरत श्रमिक महिलाहरुले आफूहरुले अहिलेसम्म पनि सञ्चालकबाट न्यूनतम पारिश्रमिक पनि नपाएको गुनासो गरेका छन् । पारिश्रमिकको कुरा गरयो भने साहुले उल्टै गालिगर्ने, गरेको उनीहरुको भनाई छ ।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा यहाँ आयोजित महिलाकानिम्ति महिला मञ्च नेपालले आयोजना गरेको निर्वाहमूखि ज्याला विषयक अन्तरक्रिया कार्यक्रममा यस्ता गुनासो राखेका हुन् । नेपालको पर्यटन क्षेत्रलाई बढावा दिने मनोरन्जन क्षेत्रको कहिकतै पनि राज्यले प्राथमिकतामा नराखेको आफुहरुलाई श्रमको मुल्यांकन नगरेको कुरा सार्वजनिकरुपमा महिलाले राखेको थिए ।

सो क्रममा नेपाल स्वतन्त्र होटल क्यासिनो तथा मजदुर युनियनका अध्यक्ष सूर्य कुवरले मनोरन्जन क्षेत्रको पारिश्रमिक समस्या निकै बढदै गइरहेको र चाडै नै युनियनको सक्रियतामा सञ्चालकहरुलाई बोलाई यसबारे सोधपुछ गर्ने जानकारी दिनुभयो ।

Mahila1

महासचिव दिपक सापकोटाले श्रमको मूल्याकन भएन भने देशभरिका मजदुरले आन्दोलन गर्ने चेतावनीदिनु भयो । कार्यक्रमलाई सम्बोधनगर्दै महिला मञ्चकि स्थापक अध्यक्ष सिर्जना पुनले मनोरन्जन क्षेत्रमा कार्यरत श्रमिक महिलाहरुको मानवअधिकार सरकारले सुनिश्चित नगरेको, श्रम ऐनले पनि मनोरन्जन क्षेत्रमा कार्यरत महिलालाई श्रमिक नमानेको र यसका लागि भविष्यमा सशक्त भएर राज्यसामू आफनो अधिकारको मागगर्ने बताउनुभयो ।

साथै कार्यक्षेत्रमा आफूहरुले सामान्य परिचयपत्र पनि नपाएको महिला मजदुरहरुले गुनासो गर्नुभयो । कार्यक्रम महिलाकोनिम्ति महिला मञ्चकि अध्यक्ष छलिमाया मगरको अध्यक्षतामा सम्पन्नभएको थियो ।

काठमाण्डौ उपत्यकामा मात्र झण्डै ५० हजारको हाराहारीमा डान्सबार, दोहरी साझ, क्याविन, रेष्टुरेन्ट, खाजाघर मसाजजस्ता क्षेत्रमा श्रमिक महिलाहरु कार्यरत छन् ।

तपाईको प्रतिक्रिया