पत्रकार चौधरीमाथि आक्रमणको सञ्चारसम्बद्ध संस्थाबाट भत्र्सना


Kishor

काठमाडौं, साउन ३१ गते । समाचार संकलनका क्रममा टेलिभिजन पत्रकार किशोर चौधरीमाथि प्रहरीद्वारा आइतबार गरिएको आक्रमणको नेपाल पत्रकार महासंघसहित सञ्चार सम्बद्ध संघ संस्थाहरुले आपत्ति प्रकट गरेका छन् ।

नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशनको भृकुटीमण्डपमा समाचार संकलनका क्रममा एभिन्यूज टेलीभिजनमा कार्यरत पत्रकार चौधरीलाई सुरक्षाकर्मीले घेराबन्दीमा राखेर लाठी प्रहार गरेका थिए । महासंघसहित प्रेस चौतारी नेपाल, थारु पत्रकार संघ नेपाल लगायतले आपत्ति जनाएका छन् । प्रहरीको लाठी र बुट प्रहारले चौधरीको खुट्टा, ढाड र टाउकोमा गम्भीर चोट लागेको छ ।

Kishor2

चौधरीले आफू पत्रकार भएको परिचय दिंदादिदै प्रहरीको आक्रमण भएकोप्रति महासंघले दुःख व्यक्त गर्दै घटनाको छानविन गरी दोसीउपर कारवाही गर्न सम्बन्धित पक्षसँग माग गरेको छ । महासंघका महासचिव उजिर मगरले सोमबार विज्ञप्ती प्रकाशित गरी सो माग गर्नुभएको  छ ।

पीडित पत्रकार चौधरीले सुरक्षाकर्मीले आफूलाई नियतबस घेराबन्दीमा राखेर आक्रमण गरेको गुनासो गर्नुभयो । आक्रमणले पत्रकार चौधरीको साथमा रहेको क्यामेरासमेत फुटेको छ । समाचार संकलनस्थलमा अन्य पत्रकार भएपनि मलाई नै घेराबन्दीमा राखेर कुटपिट गर्नुको पछाडिको राज के हो ? पत्रकार चौधरीले जिज्ञासा गर्नुभयो ।

Kishor1

तपाईको प्रतिक्रिया