थारुअगुवा चौधरीले भने, ‘राजनीतिकैलागि मल कारखाना खोलेको हुँ’


Mahesh

सन्तोष दहित
दाङ, साउन ३१ गते । मुलुक संघीय राजनीतिले तातिरहेका बेला पूर्वमन्त्री तथा थारु अगुवा महेश चौधरी हिजोआज जैविक प्राङ्गारिक मल उत्पादनमा व्यस्त हुनुहुन्छ । राजनीतिले घरजहान, परिवार पाल्न समस्या भएपछि थारु अगुवा चौधरी आफ्नै पेसा व्यवसायमा लाग्नुभएको हो ।

लामो समयसम्म राजनीतिमा होमिएका चौधरी घोराही नगरपालिका–४, बेलभारमा मल उत्पादन उद्योग खोलेर प्राङ्गारिक मल उत्पादनमा लाग्नुभएको छ । दाङको महेन्द्र बहुमुखि क्याम्पसमा प्रध्यापन जागरि छाडेर राजनीतिमा लागेका चौधरी नेकपा (एमाले) को तर्फबाट लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा रहेको सरकारमा स्थानिय विकास मन्त्रालयको राज्यमन्त्रीको जिम्मा सम्हाल्नुभएको थियो ।

त्यसयता उहाँ राष्ट्रियसभाको सांसद, २०६४ मा एमालेकैतर्फबाट पहिलो संविधानसभाका समानुपाति सभासद पनि हुनुभयो । थारु इतिहास, थारुको सामाजिक तथा सांस्कृतिक पक्षमा जानकार चौधरी अहिले राजनीतिक विषयमा खासै कलम चलाइरहनुभएको छैन ।

‘रासायनिक मल प्रयोग गरेर किसानहरु चिन्तित छन्, जग्गा बिग्रेर आम्दानी हुन छाडेपछि कस्तो मल प्रयोग गर्ने भन्नेमा किसानहरु दोधारमा थिए्, आफुले उत्पादन गरेको मल प्रयोग गरेपछि किसानलाई त्यो नैरास्यताको अन्त्य भएको छ ।’

एमालेको केन्द्रीय कार्यसमितिको सल्लाहकार समेत रहिसक्नुभएका चौधरी करोड लगानीमा उद्योग खोल्नुभएको छ । २०७० मा सूर्य शक्ति सुपर जैविक प्राङ्गारिक मल उत्पादन केन्द्र प्रालिको उद्योग दर्तागरेपछि रातदिन सो मल उत्पादनमा व्यस्त हुनुभयो । ‘खासगरि किसानहरुलाई मध्यनजर गरेर आफुले प्राङ्गारिक मल उत्पादन गर्नलागेको चौधरीको भनाई छ । ‘रासायनिक मलले गर्दा सारा जमिन मरुभुमि बन्नथाल्यो, उब्जनी हुन छाड्यो, जग्गा सवै विग्रन थाले, उहाँले भन्नुभयो, ‘यसलाई जोगाउनकालागि आफुले जैविक प्राङ्गारिक मल उत्पादन गर्न लागेको हुँ ।’

‘सांसद, मन्त्रीहुँदा किसानको पक्षमा केही गर्न नसके पनि अहिले किसानहरुलाई आफुले केहि राहत दिइरहेको चौधरीको भनाई छ । ‘रासायनिक मल प्रयोग गरेर किसानहरु चिन्तित छन्, जग्गा बिग्रेर आम्दानी हुन छाडेपछि कस्तो मल प्रयोग गर्ने भन्नेमा किसानहरु दोधारमा थिए्, आफुले उत्पादन गरेको मल प्रयोग गरेपछि किसानलाई त्यो नैरास्यताको अन्त्य भएको छ ।’

‘सुरु–सुरुमा प्राङ्गारिक मल प्रयोगगर्दा खासै नलागेको देखेपनि पछि राम्रो हुनथालेको भन्दै रासायनिक मलले गर्दा पहिलो वर्षमा प्राङ्गारिक मललाई असर गरेको हुनुपर्छ, चौधरीले भन्नुभयो,–‘रासायिनक मललाई कमगरि पहिलो वर्षमा प्राङ्गारिक मललाई दबाएर हाल्दा अहिलेसम्म धान, गहुँ लगायत अन्य व्यवसायिक खेति राम्रो भएको छ ।’

1 (3)

‘फलफुल, जडिवुटिको लागि त झन उत्तम रहेको सो मलबारे चौधरीले भन्नुभयो, ‘पहाडी जिल्लाबाट फलफुल, जडिवुटिमा प्रयोग गर्नकालागि किसानहरुले ट्रक लिएर मल लिन आउने गरेकाछन ।’

व्यवसायिक खेति गर्नेहरुको लागि त झन यो मल अति उत्तम हुनेगरेको चौधरीको सुझाव छ । ‘रासायनिक मल हरेक वर्ष बढाउदै जानुपर्छ, प्राङ्गारिक मल हरेकवर्ष घटाउँदै जानुपर्ने हुनाले किसानहरुलाई फाइदा हुनेगरेको चौधरीले भन्नुभयो, ‘त्यहिभएर अहिले किसानहरुको रोजाईमा यो प्राङ्गारिक मल भएको छ ।’

दाङ, बाँके, वर्दिया, कैलाली, सल्यान, रुकुम र दैलेख जिल्लामा सो मलको प्रयोग भइरहको चौधरीले जानकारी दिनुभयो । ‘जाजरकोट, मकवानपुर र जुम्लामा पनि यो मलको माग भइरहेको छ, उहाँले भन्नुभयो, माग भएको जिल्लाम पनि जतिसक्दो छिटो पठाउने तयारीमा छौ ।’

डेढविघा जग्गा लिजमा लिएर चौधरीले गाउँघरमा रहेको घासपात, गाइ भैसीको गोवर, ब्रोइलरको मल, तोरीको पीना लगायत अन्य विभिन्न झारपातलाई कुहाएर मल उत्पादन गर्नेगरेको बताउनुभयो । ‘आफुहरुले उत्पादन गर्दै आएको प्राङ्गारिक मलमा नाइट्रोजन २.५ प्रशित, फोस्फोरस २ प्रतिशत, पोटास २ प्रतिशत र क्यालसियम ०.६५ प्रतिशत प्रयोग गर्दैआइरहेका छौ, चौधरीले भन्नुभयो, कारखानामा दैनिक ५० क्वीन्टल मल उत्पादन गर्ने क्षमताको मेसिन रहेको छ ।

दाङ, बाँके, वर्दिया, कैलाली, सल्यान, रुकुम र दैलेख जिल्लामा सो मलको प्रयोग भइरहको चौधरीले जानकारी दिनुभयो । ‘जाजरकोट, मकवानपुर र जुम्लामा पनि यो मलको माग भइरहेको छ, उहाँले भन्नुभयो, माग भएको जिल्लाम पनि जतिसक्दो छिटो पठाउने तयारीमा छौ ।’

प्रति क्वीन्टल एक हजार ५ सय रुपियामा विक्रि वितरण भइरहेको मल अधिकांश नेपाल सरकार र कृषि विकास कार्यालय तथा कृषिसेवा केन्द्रको सिफारिसमा अनुदानमा पनि दिदै आइरहेको चौधरीले बताउनुभयो । ‘राजनीति गर्नलाई केहि सहज होस भनि आफु व्यवसायीकरुपमा मल उत्पादनमा लागेको चौधरीले भन्नुभयो ।

‘राजनीति गर्नलाई पनि पैसा चाहिन्छ, आफु र घरखर्च चलाउनलाई पनि पैसा चाहिन्छ, उद्योग खोलेपछि अहिले धेरै सहज भएको छ भन्दै चौधरीले आफू राजनीतिकरुपमा अलि निस्क्रिय भएपनि राजनीति नछाडेको प्रष्ट पार्नुभयो ।

तपाईको प्रतिक्रिया