साना हातहरु नेपालले ग¥यो तेह्रजनाको उद्धार


Deepa

दिपा चौधरी
कञ्चनपुर, साउन ३१ गते । साना हातहरु नेपाल नामक संस्थाले तीन महिने त्रैमासिक प्रतिवेदन आज महेन्द्रनगरमा सार्वजनिक गरेको छ ।
जेठ, असार र साउन महिनामा गड्डाचौकी नाका र बसपार्कमा शंकास्पद ३८५ जनालाई सोधपुछ गरेको संस्थाले १३ जनालाई उद्धार गरेको बताएको छ ।

संस्थाले सोधपुछ गरी ९ जना लाई घरफिर्ता पठाएको, अवैधरुपमा खाडीमुलुक जानलागेका ८ जना महिलाहरुलाई अभिभावक बोलाई घरफिर्ता पठाएको, मानव बेचबिखन विरुद्ध मुद्दा दर्ता गरेको, बर्दिया, कैलाली र दैलेख गरी तीनजना बालविवाह गरेकाहरुलाई अभिभावकको जिम्मा लगाएको, कैलाली र कञ्चनपुर गरी दुईजना बहुविवाह गरेकालाई घरफिर्ता पठाएको बताएको छ ।

त्यस्तै, उद्धार गरिएका आठजनालाई घर फर्किन बसभाडा सहयोग गरेको र खाडीमुलुक जान लागेका झापाका पाँचजना मध्ये चारजना कुवेत र एकजना दुबइ, इलामका एकजना दुवइ र सिन्धुपाल्चोकका दुईजना कुवेत जान लागेका महिलालाई उद्धार गरेको प्रतिवेदन सार्वजनिक गरेको छ ।

कार्यक्रममा बोल्दै माइति नेपाल कञ्चनपुरका महेश्वरी भट्टले साना हातहरु नेपाल संस्थाले मानव बेचबिखन अन्त्यगर्नका लागि सामुहिक प्रयास भन्ने नाराकासाथ थालनि गरेको यो अभियान निकै उल्लेख्य रहेको बताइन् ।

त्यसैगरी वडा प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक कर्णबहादुर चन्दले यातायात व्यवसायी लगाएतका आमजनसमुदायले कुनैपनि संकास्पद व्यक्तिभए तुरुन्त प्रहरी प्रशासनलाई खबर गरे सुरक्षाकालागि जुनसुकै समयमा पनि उपस्थित हुने बताए ।

जाहेरीपछि अदालतमा बकपत्र नहुन्जेलसम्म पीडितलाई सुरक्षित आवासगृहमा राख्नसके पीडितले न्यायपाउन सहजहुने अधिवक्ता भगिरत जोशीले बताएका छन् । संस्थाका अध्यक्ष रामबहादुर विष्टको अध्यक्षतामा भएको कार्यक्रममा सरकारी तथा गैरसरकारी निकायमा आवद्ध सरोकारवाला संघ संस्थाका प्रतिनिधि, पत्रकार लगायत २५ जना सहभागिहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया