कैलालीका थारुको स्थानीयतह पुनरसंरचना प्रतिवेदनप्रति आपत्ति


tharuhat

तस्विरः प्रेम चौधरी, धनगढी

अविनाश चौधरी
धनगढी, साउन ३१ गते । संघीय सीमाङ्कनको विषयलाई लिएर आन्दोलन गर्दै आएको थरुहट÷थारुवान संयुक्त संघर्ष समिति कैलालीले स्थानीयतह पुनः संरचनाप्रति आपत्ति जनाएको छ ।

सोमवार धनगढीमा पत्रकार सम्मेलन गरी थरुहटले संघीय संरचना सीमाङ्कनको विषय टुङ्गोमा नलगाई स्थानीय तह पुनःसंरचना गर्नु समस्या झन बल्झाउने षडयन्त्र रहेको बताएको छ । मुलुकमा प्रदेशको सीमाङ्कनको विवादलाई ओझेलमा पारी स्थानीयतह पुनः संरचनाको सीमाङ्कन र नामाङ्कन गर्ने कार्य राज्यको ढुकुटी सिध्याउने काममात्रै रहेको थरुहटको ठहर छ । सो समितिले स्थानीयतह पुनः संरचनाको कार्य तत्काल बन्दगरी मुख्य मुद्दाकोरुपमा रहेको प्रदेशको सीमाङ्कन विवाद समाधानको वातावरण बनाउन आग्रहगरेको छ ।

मुलुकमा प्रदेशको सीमाङ्कनको विवादलाई ओझेलमा पारी स्थानीयतह पुनः संरचनाको सीमाङ्कन र नामाङ्कन गर्ने कार्य राज्यको ढुकुटी सिध्याउने काममात्रै रहेको थरुहटको ठहर छ ।

मुख्य मुद्दालाई ओझेलमा पारेर स्थानीयतह पुनः संरचनाको प्रक्रियालाई अगाडि बढाउने प्रयास भइरहे त्यसबाट उत्पन्न हुने नाकारात्मक प्रतिफलको जिम्मेवार स्वयम् राज्य वा आयोग हुने थरुहटले चेतावनी दिएको छ ।

थारु तथा मधेसीले उठाएको मुद्दालाई किनारा नलगाउँदासम्म नयाँ संविधान र स्थानीयतह कार्यान्वयन हुन गाह्रो रहेको भन्दै थरुहट÷थारुवान संयुक्त संघर्ष समिति कैलालीका कार्यबाहक संयोजक कृष्णकुमार चौधरीले प्रदेश सीमाङ्कनको मुद्दा महत्वपूर्ण रहेको बताउनुभयो ।

उहाँले प्रदेश सीमाङ्कनको मुद्दालाई टुङ्गो नलगाई स्थानीयतह पुनःसंरचनाको कार्य अगाडि बढाउनु मूल मुद्दालाई ओझेलमा पार्ने खेलभएको उल्लेख गर्नुभयो ।

‘मुख्य मुद्दालाई ओझेलमा पार्नेगरि भएको षडयन्त्र हो यो’, चौधरीले भन्नुभयो–‘यसलाई तत्काल रोकेर प्रदेश सीमाङ्कनको विवाद समाधानको वातावरण बनाउन आवश्यक छ ।’

थारु तथा मधेसीले उठाएको मुद्दालाई किनारा नलगाउँदासम्म नयाँ संविधान र स्थानीयतह कार्यान्वयन हुन गाह्रो रहेको भन्दै थरुहट÷थारुवान संयुक्त संघर्ष समिति कैलालीका कार्यबाहक संयोजक कृष्णकुमार चौधरीले प्रदेश सीमाङ्कनको मुद्दा महत्वपूर्ण रहेको बताउनुभयो ।

संघीयताको अर्थ राज्यसत्तालाई विकेन्द्रीकरण गर्ने भएपनि यसअघि कैलालीमा रहेको छ नगरपालिका र ३६ गाविसलाई केन्द्रिकृत गरी १० स्थानीयतह कायम गर्न खोज्नु जनताको आँखामा छारोहाल्ने र थप दुःखदिने काम मात्रै भएको कार्यबाहक संयोजक चौधरीको आरोप छ ।

‘१० वटा स्थानीयतह निर्माण कुनैपनि हालतमा वैज्ञानिक छैन’, उहाँले भन्नुभयो–‘यो पहिले कायम भइसकेको निकाइलाई अझ केन्द्रिकृत गरेर जनतालाई थप दुःख दिने षडयन्त्र हो ।’ उनले स्थानीय प्रदेश र स्थानीय पुनः संरचनाजस्तो महत्वपूर्ण विषयलाई सिमित दलहरुको छलफलको आधारमा हचुवाको भरमा अगाडि बढाइएको आरोप लगउनुभयो ।

चौधरीले केहि दलका नेताहरु आफू मेयर वा अध्यक्ष बन्ने कार्यलाई केन्द्रबिन्दुमा राखेर स्थानीयतह पुनः संरचनाको छलफल चलाइरहेको उल्लेख गर्नुभयोे । चौधरीले दलहरुबाट भइरहेको छलफल जनतालाई सुविधा नदिने गरी भइरहेको जिकिर गर्नुभयो ।

थारु स्वायत्तक्षेत्र बनाउने निर्णय सकारात्मक भएपनि थारुहरुको मुख्य मुद्दालाई ओझेलमा पार्नकालागि ठूलो षडयन्त्रकोरुपमा यो विषय उठाइएको संयोजक चौधरीको ठहर छ । उहाँले थरुहट मुद्दाकैक्रममा टीकापुरमा दुःखदायी घटना घटेकाले सबै जिम्मेवार भएर अगाडि बढ्न आवश्यक रहेको बताउनुभयो । मुख्य मुद्दालाई सामसुम पार्ने चेष्टाभएमा टीकापुर भन्दापनि ठूलो दुर्घटना निम्तिनसक्ने चौधरीको चेतावनी छ ।

तपाईको प्रतिक्रिया