देशलाई बनाउन यहाँ एक सच्चा सपुत खोजिरहेछु ।
मचेको छ क्रान्ति र भ्रान्ति यहाँ शान्तिको दूत खोजिरहेछु ।।
सत्यता र लोतन्त्रलाई मारिसकेका छन् सभ्यता गनायो छि ।
सभ्य सभ्यता निर्माण जनताको एकजुत खोजिरहेछु ।।
गएको वर्षको बैशाख १२ र २९ गतेको भुकम्पको दुखद अनुभुतिसंगै फेरि २०७२ भदौ ७ टीकापुर निन्दनिय घटना भयो । जुन कुरा धनगढी उपमहानगरपालिको जिपपार्कभित्र मात्रै गुम्सिएको थियो । सदियौदेखि थिचिएका अधिकार मिचिएको पहिचानको माग र जातियसत्ता र अधिकारको न्यायको लडाई अझ पनि जारि छ । थुप्रै ठाउँको पहिचानमुखि लडाईसंगै तथा अन्य ठाउँमा आन्डोलन भएजस्तै टीकापुरको घटना न्यायको नाममा मान्छेले चेतना गुमाएको परिमाणसम्म बन्न पुग्यो । सारा संसारले भनिरहेछ कि घटनामा घुसपैठ भएको थियो वा थिएन ? थाहा छैन तर यहि धर्तीका धर्तीपुत्र गरिब निमुखा थारुहरुको पहिचानमुखि आन्दोलनमा भएको त्यो घटनाले मानिस सभ्यताको निधारमा युगिन कलंक लगाई दिएको छ । जसरी आज जातिय सत्ता जातिय पहिचानका निमित्त मधेशिमोर्चा र थारुहरुमा आक्रोस विरोध जन्मिएको छ, पहिचानमुखि आन्दोलन जन्मेको थियो त्यो किन अझ पनि जारि छ ? घटनापछि झुठ अभियोग र झुठा सरकारी मुद्दा लगाएको निर्दोष कैदिहरु दोषि अपराधिका नाममा थुनिएको छन् ।
लगभग वर्षैं वित्न लाग्यो । कारागारबाट मुक्तहुने कुनै अतोपत्तो छैन । तिनीहरु माथि लगाएको झुठा मुद्दा फिर्ता भएन भने देशमा फेरी ठूलो विद्रोह जन्मिने खतरा छ । पहिचानको आन्दोलन न्यायको लडाई हो । सरकारले मध्यनजर राख्न एकदमै जरुरी देखिन्छ । किनकि ईतिहासदेखि नै थारुहरुको भाषा संस्कृति थिचिएका छन् । सम्मान ईज्जत स्वतन्त्र अधिकार मिचिएका छन् । के थारुहरु आत्मसम्मान राजनीति अधिकार पाउँन सक्छन् ? सायद सरकारपक्ष बलियो भईदिए त यस्तो आतंक मच्चिने नै थिएन होला । टीकापुरमा विभत्स घटना हुने थिएन होला । न त दुईवर्षे बालक मारिन्थ्यो, न त कुनै प्रहरी दाजुभाइ मारिन्थे । यो सबै निहुमात्र खोजेको हो सरकार पक्षले । प्रहरी थुप्रै तालिमसंगै नैतिकशिक्षा पाठ नसिकाएको पक्का पनि हैन होला । कि लाखौंको भिड आन्दोलनमा आफ्नो भुमिका कसरी निभाउनु पर्छ त्यो प्रहरी दाजुभाइ र सरकारपक्षको भुल कमजोरीले गर्दा नै जो हुनुनपर्ने त्यो भयो ।
रेशम चौधरीजस्ता थारु नेताहरुमा लगाएको मृुद्दा फिर्ता हुनैपर्छ । विस्थापित भएको सोझा जनताहरुको पुन स्थापना हुनैपर्छ । यी कुराहरु निर्मूल नभएसम्म कुनै हालतमा पनि सिमाङ्कन हुने सम्भब देखिन्न ।
सब मन दुखेको छ आज जातभात र छुवाछुट नभैदिएको भए श्रम पसिनालाई नलत्याएको भए टीकापुर विस्फोट हुने थिएन होला । प्रहरीलाई थाहा भएको कुरा होला कि जनता शक्त्तिमान छ, लाखौको भिडमा हाम्रो केहि लाग्नेवाला छैन । दनदनी बलेको आगोमा हात हाल्नुको नतिजा के हुन्छ ? लाखौको भिडमा केहि मान्छे प्रशिक्षित होला तर सबै जनता त हुदैन होला नि । जनताले चाहिरहेका छन टीकापुर घटनापछि थुनिएका निर्दौष कैदिहरुको झुठा सरकारी मुद्दा खारेज हुनैपर्छ । रेशम चौधरीजस्ता थारु नेताहरुमा लगाएको मृुद्दा फिर्ता हुनैपर्छ । विस्थापित भएको सोझा जनताहरुको पुन स्थापना हुनैपर्छ । यी कुराहरु निर्मूल नभएसम्म कुनै हालतमा पनि सिमाङ्कन हुने सम्भब देखिन्न । अझपनि दुखिरहेको छ सर्बहाराहरुको मन मुटु । समाज जसको घरबस्ति जलाइयौ कैयौ चेलीबेटी बलात्कृत भए । कैयौ दाजुभाइ मरेर अझपनि कैयौ दाजुभाइ जेलनेल कारागार भित्र थुनिएको अवस्था छ । उनीहरुलाई जानिजानि फसाएको रहेछ । तपाईहरुले के भन्नु हुन्छ २०५२ सालदेखि मचेको १० वर्षे जनयुद्धमा के के भयो के के भएन ? कुनै प्रतिक्रिया जनाएको छैन सरकारले । कैयौ चेलिबेटीलाई बलत्कार गरि हत्या गरीयो । बुढो आमाले तेक्ने लि भाचियो । अबोध बालबालिका ममताको छाहारी ढाली कैयौ दिदिबहिनीको सिउँदो पुछियो । दशैको अक्षता र जमरा आशिषको बाटो कुरीरहे तिहारको सप्तरंगी टीका र सयपत्रि मखमलिको खुसि फिक्का फिक्का हुदै गयो । फर्किन त्यो खुसिहरु न फर्किने छन् कहिले न आवस त्यो दिन भन्थे ।
टीकापुर घटनापछि २५ जना धनगढी उपमहानगरपालिकाको कारागार भित्र कैद छन् । रामनरेश चौधरी सन्तराम चौधरी, राजेश चौधरी, बृजमोहन कठरीया, रामकुमार कठरीया, राजकुमार कठरीया, सुन्दरलाल कठरीया, सुन्दर चौधरी, नरुल जागा, किसनलाल चौधरी, चुन्निराम चौधरी, सन्तकुमार चौधरी, विसराम चौधरी, प्रदिप चौधरी गरी १४ जना रहेका छन् । त्यस्तै, लाहुराम चौधरी, रामप्रसाद चौधरी, सन्तोष चौधरी, विसराम चौधरी, विरबाहादुर चौधरी, दिलबहादुर चौधरी, जितबहादुर चौधरी, हरीनारायण चौधरी गरी ८ जना ब्लक बी मा रहेका छन् । त्यसैगरी २ जना नाबालक सर्वन चौधरी र करण चौधरीलाई पोखरा पठाइएको छ । थारुअगुवा नेता लक्ष्मण थारुलाई काठमाण्डौको सेन्टरजेलमा अझ पनि ठुनिएको छ । आफ्नै दाजुभाई वीच आक्रोस र आतंक मच्चाएर नेताहरु कुर्सिमा बसेर के हेरिरहेको छन् ? कैयौ धर्मग्रन्थमा भनिएको छ संयौलाई बचाउन एउटालाई मार्नु कुनै अपराध होईन । सत्यलाई बचाउन झुट बोल्नु पर्छ । तर झुटलाई बचाउन सत्य बोल्नु पाप र अपराध हो । यहाँको नियम कानुन र सरकार र समय पनि एकदमै विपरीत छ । हार भए पनि घुसमा विकेर हारकै जित हुने कस्तो अचम्म ? जब कि अपराधीलाई २१ दिन भन्दा धेरै थुनामा राख्ने नियम कानुन छैन । तर उनिहरुलाई २५ दिनसम्म राखेर मानसिक यातना संगै पशुसरहको कुटपिट गरियो ।
कैदिहरुलाई घटनास्थलमा प्रक्राउ नगरी किन घटना अनुसन्धानका निम्ति रातविरात धम्काएर घरबाट लगेका र्निदोष कैदिहरुलाई सरकारी मुद्दामा फसाइयो ? अधिकारका निम्ति नारा जुलुस लगाउने पहिचानमुखि आन्दोलनको लागि सडकमा उत्रिने सारा थारु हुन । तर दुई चारजनालाई मात्र किन कैदि बन्दि बनाएको छ ? गुनासो त यो छ कैदिहरुको विरामी कैदिहरुको सानातिना उपचार परिक्षण सबै गराइरहेको छ सरकारले । घटनामा बन्दुकको गोली लागेको रामकुमार कठरीया, हरिनारायण कठरीया, सुन्दरलाल कठरीया यी ३ जना कैदिहरुको यसको उपचार भने अझै भएको छैन । प्रहरीले झुट बयान लेखेर जबर्जस्त दस्तखत गर्न लगाएर धेरैलाई फसाएको छ । मिसिल पढ्न समेत दिएको छैन । मागेपछि उनिहरुलाई पशुसरह कुटपिट गरिएको छ । गुट्खा खाएर मुखमा ठुकिदिने, चर्पिको फोहर पानी सम्म खुवाउने, के यो मानविय ब्यावहार हो ? जो कि आजसम्म संसारमा कसैले कसैलाई यस्तो दुव्र्यवहार गरेको छैन् होला । कति थुनुवा मजदुरी गरेर खाने छन् । कामै नलाग्ने गरी सजाय दिएको छ । उनिहरुको सन्तानको भविष्य के होला ? थारुहरु झन प्रहरी बन्दुक खुकुरी भन्ने वित्तिकै दराउने सोझा जात हुन् । त्यो नाबालक करण चौधरीलाई बन्दुक देखाएर धम्क्याएर झुठा सरकारी मुद्दाको गवाह बनाइएको छ । प्रहरीको डरले पनि बालक सरकारी गवाह बन्न बाध्य भएको छ । करण चौधरीको बाबा सिताराम चौधरीले अदालतमा मेरो छोरा करण चौधरी मानसिक सन्तुलन गुमाएको हो र उसको बयान झुठ हो भनेर करण चौधरीको बाबाले अदालतमा बयान दिदा पनि त्यो बालकलाई झुठा सरकारी मुद्दाको गवाह बनाईयो । किन ?
एउटा कुरा बरिष्ठ भनाउँदा नेताहरुलाई जनताको अनुरोध छ जो पाकिस्ता र भारतको लडाई छ त्यसैगरी थारु र पहाडियाबीच गर्न खोजिदैछ । समस्याको समाधान त चाँडे पक्राउ परेकालाई रिहाई गरिनुपर्छ । झुठा मुद्दा खोज गरिनुपर्छ । त्यसो नभए साच्चिकै सबैको मनले यहि भन्नेछ कि मौन धर्ती फेरि काप्ने छ । शान्तसागर उर्लिने छ । बादल कालोरातो भै गर्जिने छ । भोलिका दिनमा निकै खतराको संकेत पनि देखिनेछ । चार जात छत्तिस वर्ण पूर्खाले आर्जेको मुलुक सुन्दर शान्त नेपाल भनेर विश्वमा चिनिने बुद्धको देशमा किन यस्तो आक्रोस र भयत्रास छ ? थारुमाथि जति अन्याय र अत्याचार गरेपनि थारु समुदाय सहेरै बसेको छ । सरकारले एउटै फुलबारीको कस्तो फूल जहाँ जहाँ समान हक अधिकार छैन नियम कानुन बराबर छैन । सुन्नुपर्छ यी कुरा कुर्सिका नेता प्रधानमन्त्रि र मन्त्रीहरुले । समस्या समाधान गर्नतिर सबैको ध्यान जानुपर्छ । नत्र देश वर्वाद हुन्छ ।
जात भात छुवाछुत नभएको संविधान चाहिन्छ । सम्पूर्ण नेपालीलाई एउटै सुनौलौ विहान चाहिन्छ ।। धन्यवाद ।
टीकापुर, कैलाली