तिम्रो लठ्ठीभन्दा कमछैन मेरो कलम

किशोर चौधरी

किशोर चौधरी

Kishor

म एकजना कलमजीवि । कलम चलाएर विहान बेलुकाको छाक टार्ने मान्छे । नत कसैको गुलाम बनेर बसेको छु नत बस्ने नै छु । सवैको आ–आफ्नो पेशा छ, मान मर्यादा पनि छ, जसले जसको नुन खाएको छ नुनको सोझो गरेकै छ र गर्नु पनि पर्छ । हो मेरो पनि पेशा पत्रकारीता मेरो पनि आफ्नै ईज्जत र मान मर्यादा छ । मैले पनि नुन खाएको छु र नुनको सोझो गरेकै छु । पत्रकारीता मेरो पेशा मात्रै होईन मेरो धर्म पनि हो । गाउँमा जन्मिएको एक साधारण किसानको छोरा म । पत्रकारीता क्षेत्रमा यहाँसम्म आउछु भनेर सोचेको त के एस.एल.सी सम्मको अध्ययन गर्दासम्म पनि पत्रकारीताको ‘प’ थाहा नभएको मान्छे म । तर आज राजधानीमा मै आएर ‘मेन स्ट्रिम’ मिडियामा झन्डै १ दशक विताएको   छु । भलै ममा पत्रकारीताको पुरापुर गुण न होला तर अहिले प हाईन पत्रकारीता कै अर्थ बुझ्न थालेको छु । हो मेरो पत्रकारीताको दौरानमा थुप्रै त्यस्ता कामहरु गरे जसले सकारात्मक दिशा दिएको छ । र गर्व गर्छु, मेरो कामबाट कसैको आँखा खुलेको छ, सकैलाई सहयोग मिलेको छ, कसैलाई सकरात्मक बाटो देखाएको छ । यो दौरानमा थुप्रै चुनौतीहरु खेपे, थुप्रै आरोह अवरोह खेपे तर सधै अगाडी बढ्ने जमर्को गरे र गर्दैआएको पनि छु । चाहे खानेपानीको समाचार संकलन गर्न जादा १ घण्टा उद्योगमै थुनेर राखेको घट्ना होस, चाहे विद्यालयमा विकृति विसंगति विरुद्ध आवाज उठाउदा विद्यालयमै थुनेको घट्ना या भुकम्प जादाजादै सिन्धुपाल्चोक, गोरखा, दोलखा जिल्लामा गरेको रिपोर्टिङको घटना अझै ताजै छ । आफने पेशालाई कहिल्यै कमाइखाने भाँडो ठानिन् । बरु सधै विकृति विसंगतिको विरुद्धमा लगाए, जनतालाई सु–सुचित गर्ने जमर्को गरेको छु जस्तो लाग्छ । र आफुलाई प्रण गरेको छु विकृति विसंगतिको अगाडि कहिल्यै नझुक्ने कहिल्यै नलुक्ने ।

साउन ३० गतेको दिन थियो ३ बजेदेखि मनोनयन दर्तागर्ने भनिएपछि समाचार संकलनका लागि नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपा पुगेको थिए । म सानेपा पुग्दा दिनको सावा तीन बजिसकेको थियो । विद्यार्थीको बाक्लो उपस्थिती अनि प्रहरी प्रशासनको पनि उतिकै संख्यामा उपस्थिति ।

प्रसंग जोडौ नेपाल विद्यार्थी संघको ११ औ महाधिवेशनको । जसैगरी नेविसंघको चुनाव धुमधामकासाथ अगाडि बढ्दै थियो त्यसै गरी विवादको चरमबिन्दु तिर धकेलिदै थियो । दिनप्रति दिन लम्बिदै गएको चुनाव र उत्कर्षमा पुगेको विबाद, दिनप्रतिदिन धर्ना जुलुसले नेविसंघको साख गिर्दै गईरहेको थियो । साउन ३० गतेको दिन थियो ३ बजेदेखि मनोनयन दर्तागर्ने भनिएपछि समाचार संकलनका लागि नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपा पुगेको थिए । म सानेपा पुग्दा दिनको सावा तीन बजिसकेको थियो । विद्यार्थीको बाक्लो उपस्थिती अनि प्रहरी प्रशासनको पनि उतिकै संख्यामा उपस्थिति । अनाहकमा विद्यार्थीहरुलाई पार्टी कार्यालय जानबाट रोक लागाएपछि उनीहरु प्रहरी प्रशासनमा माथि नाराबाजी गरीरहेका थिए । विद्यार्थीहरु पार्टी कार्यालय छिर्न खोज्दा प्रहरी प्रशासनले पहिलो पटक बल प्रयोग गरे । विद्यार्थीहरुले पनि ढुंगामुढा गर्न थाले प्रहरीले पनि लाठीचार्ज गरे सवै भगाभाग भए । यस्तो अवस्थामा एउटा संचारकर्मीलाई जसरी दृश्य कैदगर्न भ्याई–नभ्याई भए जस्तै मलाई पनि त्यस्तै भएको थियो त्यो बेला । हुन त टेलिभिजन सेक्टरमा आफै क्यामेरा चलाउने र आफै समाचार संकलन गर्ने पत्रकार कमै छन् । तर त्यो कम संख्यामा पनि अटेको छु । अर्थात म पनि एभिन्यूज टेलिभिजनमा वन म्यान जोर्नालिज्म गर्दै आएको छु ।

Kishor1

यो प्रसंग यो मानेमा जोडे की रिपोर्टिङ र क्यामरा एक्लै समहाल्दा कतिको असहज हुन्छ भनेर । हो मैले निकै असहजताको बाबजुद पनि ह्यान्डिल गरेको थिए । यस्तै असहजताकोबीच विद्यार्थी र प्रहरीबीच हुने दोहोरो झडपकाकारण सानेपा क्षेत्र नै अस्तव्यस्त थियो । बेलाबेला प्रहरी प्रशासनले अनाहकमा बल प्रयोगगर्दा विद्यार्थी पनि आफ्नै पार्टीले नेतृत्व गरेको गृह मन्त्रालय विरुद्ध नाराबाजी समेत गरेका थिए । प्रहरीले विद्यार्थीलाई तितरबितर गर्नकालागि अनाहकमा विद्यार्थीहरुलाईबीच सडकमा लखेटि रहे । विद्यार्थीहरु पनि के कम बेलाबेला प्रहरीलाई तताई राखेका थिए । हो हामी पत्रकारले देखेको घट्नाबेला बेला प्रहरी प्रशासनले अनाहकमा बल प्रयोग गरेकै थियो । यी सवै घटनाको साक्षी हामी पत्रकार थियौ । यसरी नै दिनभरि जसो दोहोरो झडप चलिनै रह्यो । चार बजेको थियो कार्यालयबाट फोनो लाईभका लागि फोन आएपछि फोन लाईभ पनि गरे । प्रदर्शनकारीको कतै ढुङ्गा त लाग्ने होईन भनेर म सजकता पुर्वक प्रहरीको छेउबाट दृश्य कैद गर्दै थिए । त्यसलगतै एक हुल प्रहरी पत्रकारतिर जाईलागे । म अलिक टाढै भएकोले आफ्नो क्यामेरा त्यसतर्फ तेर्साए । केहि सेकेन्ड मात्रै के खिचेको थिए एक जना प्रहरीले पछाडीबाट आएर बाँसको लठ्ठीले मेरो क्यामेरामा बजार्यो । त्यो लठ्ठी मेरो क्यामेरामा के लागेको थिायो पछाडीबाटै एक हुल प्रहरी आएर चारैतिरबाट घेरिहाले । सवैले लाती, मुक्का, लठ्ठीले भकुर्न थाले । झन्डै एक मिनेटको संघर्षपछि प्रहरीको त्यो घेरा तोडेर भाग्न सफल भए । झन्डै सय मिटर टाढासम्म लखेटेर भेट्न नसकेपछि उनीहरु फर्केका थिए । उनीहरु फर्किएपछि केहि सञ्चार माध्यमका साथीहरु आएर विद्यार्थीहरुले ती प्रहरीहरुको क्रुरताप्रति आक्रोश पोख्दै थिए । आफ्नो भने जिउ भिरी निलडाम टाउकोमा लठ्ठीले बजारिएको डाम र टुटुल्को उठेको प्रष्ट थियो ।

लठ्ठीको घमण्ड नगरे हुन्छ, तिम्रो लठ्ठीभन्दा कमछैन कलमको तागत । तिम्रो लठ्ठी ठीक ठाउँमा प्रयोग गर तिम्रो मात्रै होईन सवैको भलो हुन्छ । सवैले इज्जत गर्ने छ ।

असह्य पीडा त छदैथियो क्यामेरा पनि फुटेर कामै नलाग्ने भएको थियो । यी सवै कुरा अपिसमा जानकारी गराएपछि लगतै अर्को टोली   पठायो । टाउको र जीउमा गम्भिर चोट लागेकोले बेलाबेला चक्कर लाग्न थालेपछि अपीसबाट आएको टोलीले छेउमै रहेको स्टार हस्पिटलमा भर्ना गराए । घाईते भएका दर्जनौ विद्यार्थीहरुलाई पनि त्यही हस्पिटलमा भर्ना गराएकोले घाईतेहरुको चाप निकै ठुलो थियो । हस्पिटलकै स्टाफले अर्को हस्पिटल लैजानु भनेपछि मलाई त्रिपुरेश्वरस्थित काठमाडौं हस्पिटलमा भर्ना गरायो । बाहिरी चोट ठुलो देखिए पनि भित्रि चोट त्यस्तो नदेखिएको चिकित्सकहरुले जानकारी दिएपछि म पनि ढुक्क भए । त्यही पनि टाउकोको चोट असमान्यजस्तो लागेपछि सिटीस्क्यान गराए । त्यो पनि अहिले समान्य रहेको चिकित्सकले जानकारी दिएको छ । यो घटनासंगै एभिन्यूज टेलिभिजन, एभिन्यूज टेलिभिजन पत्रकार महासंघ प्रतिष्ठान शाखाले विरोध जनाए । लगतै पत्रकार महासंघ, प्रेस चौतारी, प्रेस युनियन, नेपाल मिडिया हाउस, थारु पत्रकार संघ नेपाल र फोटो पत्रकार समुहले विज्ञप्ती नै निकालेर विरोध जनाए ।

हो म एकजना पेशाले पत्रकार । न त मैले अपराध गरेको थिए नत मलाई राज्यले अपराधीको विल्ला नै भिडाएको छ । आखिर मलाई केमा दोषि देख्यो म आफै अनविज्ञ छु । देश र जनताको सुरक्षाका लागि आफुलाई ठेक्केदार सम्झिने प्रहरी प्रशासन ममाथि जाइलागेको देख्दा अचम्मीत भएको छु । राज्यको चौथो अंग भनेर ट्याग लगाईदिने राज्यले बेलाबेलो सञ्चारकर्मीमाथि नै आफ्नो पुरुषार्थ देखाउदा खल्लो महशुस भएको छ । यदि त्यही प्रहरी प्रशासनले देशमा बढेको गुण्डागर्दी, विकृति विसंगति, तस्करी, सिमा सुरक्षामा ध्यान दिए देशको मुहार फेरिने थियो की ।

मेरो शरीरमाथि देखाएको तिम्रो पुरुषार्थले सिंगो प्रहरी प्रशासनमाथि खिल्ली उडेको छ आज । हो २१ औ शताव्दीमा कलमलाई दबाउन खोज्ने तिम्रो बदनियत र दुशहास बाहेक अरु केही होईन । तिम्रो त्यो लठ्ठीले मेरो कलमको गतिलाई न रोक्न सक्छ नत छेक्न नै । तिमि विचार गर मेरो कलमलाई दबाउन खोज्दा तिम्रो विरुद्ध कति आवाजहरु उठे । राम्रोसंग थाहा पायौ होला । लठ्ठीको घमण्ड नगरे हुन्छ, तिम्रो लठ्ठीभन्दा कमछैन कलमको तागत । तिम्रो लठ्ठी ठीक ठाउँमा प्रयोग गर तिम्रो मात्रै होईन सवैको भलो हुन्छ । सवैले इज्जत गर्ने छ ।।

(लेखकः थारु पत्रकार संघ नेपालका सदस्य हुन् ।)

तपाईको प्रतिक्रिया