कृषि आधुनिकिकरण परियोजना कैलालीबाट सुरुहुन्छः मन्त्री चौधरी

Garuri

राम दहित
धनगढी, भदौ ८ गते । कृषिमन्त्री गौरीशंकर चौधरीले कृषि आधुनिकीकरण परियोजनाको संचालन कैलालीबाट शुरुगर्ने तयारी भइरहेको बताउनुभएको छ ।

पब्लिक मिडिया क्लबद्धारा बुधवार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा परियोजनाले कृषि क्षेत्रको विकासमा ठूलो टेवा पु¥याउने मन्त्री चौधरीले उल्लेख गर्दै सो परियाजनाको शुरुवात कैलालीबाट चाँडै हुने बताउनु भएको हो ।

मन्त्री चौधरीले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको संचालनका लागि सरकारले पाँच अर्व ७८ करोड बजेट बिनियाजन गरेको जानकारी दिनुभयो । उहाँले किसानहरुलाई पेन्सन दिनेतर्फ सरकार लागि रहेको समेत बताउनुभयो ।

मन्त्री भएपछि पहिलोपल्ट गृहजिल्ला कैलाली आउनुभएका कृषि मन्त्री चौधरीले जिल्लाका विभिन्न ठाउँ गाविसमा गएर किसानका गुनासाहरु सुन्नुभएको छ । उहाँले हसुलिया, बसौटी, उदासीपुर, गदरिया लगायतका गाविसमा गएर कृषकहरुको समस्या र समाधान गर्ने प्रतिवद्धता जनाउनु भयो ।

त्यस्तै, कृषिमन्त्री चौधरीले मसुरियाका स्थानीयले जग्गा उपलब्ध गराएको खण्डमा कृषि अनुसन्धान केन्द्र मसुरियामै बनाइ दिने प्रतिवद्धता पनि जनाउनु भयो । मन्त्रीसंगको भेटघाटमा यहाँका स्थानीय किसानहरुले आफ्नो समस्या दर्शाएका थिए ।

तपाईको प्रतिक्रिया