श्रीकृष्ण जन्मष्टीलाई थारु समुदायमा अष्टिम्कीकोरुपमा भव्य मनाइँदै


Astimki1

काठमाडौं, भाद्र ९ गते । थारु समुदायमा श्रीकृष्ण जन्मष्टमीलाई अष्टिम्कीकोरुपमा धुमधामका साथ मनाइँदैछ । खासगरी यो पर्वलाई महिलाले व्रत बसेर मनाउने गरेपनि पुरुषले पनि व्रत बसेर यो पर्व मनाउने प्रचलन थारु समुदायमा छ ।

श्रीकृष्ण भगवानको जन्मस्मरणमा मनाइने यस पर्वलाई हिन्दू धर्मावलम्बीहरुले विशेष पर्वकोरुपमा मनाउँछन् । थारु समुदायमा श्रीकृष्णलाई कान्हा, कन्हैया भनेर सम्बोधन गरिन्छ । अष्टिम्की’ अर्थ भाद्र महिनाको अष्टमी तिथिमा श्रीकृष्ण ‘कान्हा’ जन्मेकाले उनलाई टीका लगाइदिएर जन्मोत्सव मनाउने प्रचलन चलेको हो ।

‘कान्हा’को जन्मदिनलाई थारु महिलाहरुले विशेषरुपमा मनाउने गरेको हुनाले यसदिनलाई थारु समुदाले अष्टिम्की भन्ने गरेको थारु अगुवाहरुको बुझाई छ । पहिलो दिनभर व्रत बस्ने, विभिन्न चित्रहरु भित्तामा कोर्ने र साँझ अष्टिम्की चित्रमा टिका लगाएर मनाइन्छ । त्यसलाई थारुमा टिक्ने भनेर भनिन्छ । व्रत बसेका महिलाले चित्रमा टीका लगाएर टिक्ने गर्छन् ।

‘कान्हा’को जन्मदिनलाई थारु महिलाहरुले विशेषरुपमा मनाउने गरेको हुनाले यसदिनलाई थारु समुदाले अष्टिम्की भन्ने गरेको थारु अगुवाहरुको बुझाई छ । पहिलो दिनभर व्रत बस्ने, विभिन्न चित्रहरु भित्तामा कोर्ने र साँझ अष्टिम्की चित्रमा टिका लगाएर मनाइन्छ ।

अष्टिम्कीमा श्री कृष्णको दाँया सुर्य र बाँया भागमा चन्द्रमाको चित्र कोरिन्छ। दोस्रो लाइनमा पाँचभाइ पाण्डेवहरुको चित्र कोरिन्छ। त्यस्तै तलको भागमा दुलाहादुलही, दुलहीलाई पठाउन जान लागेको ‘डोली’, दुलाहालाई पठाउन जानलागेको ‘डोला’ माछा, गंगता, बाघ, रोइना, हात्ति, मयुर, सर्प, गाई लगायत विभिन्न चरा, चुरुंगी र जनावरको चित्र बनाइन्छ।

साँझ नुहाई धुवाई गरेर महिलाहरु विभिन्न किसिमका रंङ्गीचंङ्गी रातो, कालोचोली, सेतो गुन्यु, लंहगाँ र घाँटीभरि थरिथरिको गरगहनाले सजिएर एकै समयमा गाउँभरिका महिलाहरु लामबद्ध भइ बलिरहेको दियो, त्यसैमा रंङ्गीचंङ्गी फूल लिएर चित्र कोरेको घरमा सामुहिक टीका लगाउने गर्छन् ।

अष्टिम्की पर्व दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र सुर्खेत जिल्लाका थारु समुदायका महिलाहरुले उल्लासमय वातावरणमा मनाउने गर्छन् ।

दोस्रोदिन महिलाहरु विहान पूजापाठ गरी खान खाने र नजिकको नदि खोलामा गएर असराउने गर्छन् । महिलाहरुले एकभाग आफूले खाने र अर्को भाग विवाह गरी गएका चेलीबेटीलाई उपहारकोरुपमा खानेकुरा, फलफुल लगायतको उपहार दिने प्रचलन छ ।

तपाईको प्रतिक्रिया