कृषिमन्त्री चौधरीलाई थाकस कैलालीले बुझायो पाँचबुँदे ज्ञापनपत्र


Madhav

राम दहित
धनगढी, भाद १० गते । थारु कल्याणकारिणी सभा कैलालीले कृषिमन्त्री गौरीशंकर चौधरीलाई विभिन्न माग राख्दै शुक्रवार धनगढीमा पाँचवुँदे ज्ञापनपत्र बुझाएको छ ।

सभाले मन्त्री चौधरीलाई स्वागत तथा बधाई कार्यक्रम आयोजना गरी ज्ञापनपत्र बुझाएको हो । कार्यक्रममा मन्त्री चौधरी पाँचवुँदे ज्ञापनपत्र बुझ्दै कार्यन्वयन गराउनमा आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

पाँचबुँदे ज्ञापनपत्रमा कैलालीको धनगढी र टीकापुरस्थित थारु छात्रवास व्यवस्थापनका लागि मर्मत सम्भार, थप भवन निर्माण, कैलालीको मध्यवर्ती क्षेत्रमा थारु समुदायको धरोहर घोरीघोरा क्षेत्रमा थारु संग्रहालयको लागि योजना विनियोजनलगायत थारु समुदायमा देखिएको वंशाणुगत रोग सिकलसेल रोगको रोकथाकोलागि आवश्यक प्रक्रिया अगाडी बढाउन पहल गर्ने रहेका छन् ।

कार्यक्रममा थारु कल्याणकारिणी सभा कैलालीका सचिव माधव थारु, पूर्व सभापति प्रभात चौधरी, संघीय समाजवादीका होरीलाल चौधरी, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका जिल्ला उपाध्यक्ष गयाप्रसाद कुश्मी, थारु नागरिक समाजका अध्यक्ष दीलबहादुर चौधरी लगायत थारु अगुवाहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया