न्यूनतम पारिश्रमिक दिन महासंघको माग, तीनजना पत्रकार पुरस्कृत


FNJ

काठमाडौं, भाद्र १० गते । नेपाल पत्रकार महासंघले सूचनाको हक प्रयोग गरेर समाचार लेख्ने चारजना उत्कृष्ट पत्रकारलाई शुक्रबार यहाँ पुरस्कृत गरेको छ ।  महासंघको केन्द्रीय कार्यालय सञ्चारग्राममा आयोजित एक कार्यक्रममा ५० जना समाचारमध्ये उत्कृष्ट चारजनालाई छानेर पुरस्कृत गरेको हो । सूचनाको हकलाई मुख्य विषय बनाएर महासंघले समाचार लेख्न लगाएको थियो ।

पुरस्कृत पत्रकारमा राजधानी दैनिकका डिल्ली आचार्य, नागरिक दैनिककी चाँदनी हमाल, ओखलढुंगाका पत्रकार शिव ढुंगाना र मकवानपुरकी पत्रकार अञ्जली थापा रहेका छन् । पुरस्कृत चारैजनालाई नगद तीनहजार रुपियाँ सहित सम्मानपत्रले महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले सम्मानित गर्नुभयो ।

पुरस्कृत पत्रकारमा राजधानी दैनिकका डिल्ली आचार्य, नागरिक दैनिककी चाँदनी हमाल, ओखलढुंगाका पत्रकार शिव ढुंगाना र मकवानपुरकी पत्रकार अञ्जली थापा रहेका छन् । पुरस्कृत चारैजनालाई नगद तीनहजार रुपियाँ सहित सम्मानपत्रले महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले सम्मानित गर्नुभयो ।

कार्यक्रममा बोल्दै अध्यक्ष डा. विष्टले सूचनाको हक अहिले प्रमुख विषय भएको र त्यसले सुशसन कायम गर्नमा मद्दत गरिरहेको बताउनु  भयो । पत्रकारले त्यसविषयमा कलम चलाउनु भनेको शासकलाई पारदर्शी बनाउनु हो भन्दै अध्यक्ष विष्टले महासंघले चलाएको अभियानमा १९ जिल्लाका तीनसय पत्रकारले प्रशिक्षित हुने अवसर पाएको बताउनुभयो ।

सो अवसरमा पत्रकार विष्टले आमपत्रकारका लागि सरकारले साउन १ देखि कार्यान्वयन गरेको न्यूनतम परिश्रमिक लागु गर्नुको विकल्प नरहेकाले मिडिया सञ्चालकहरुलाई इमान्दार बन्न आग्रह गर्नुभयो । श्रमजीवी पत्रकार ऐन कार्यान्वयनमा समेत सबै जिम्मेवार हुनुपर्ने उहाँले बताउनुभयो ।

महासंघका उपाध्यक्ष तथा पुरस्कार छनौट समितिका संयोजक खिलबहादुर भण्डारीले तालिमकै अवधिमा सहभागीहरुलाई दुईवटा समाचार स्टोरी माग गरेको र त्यसमा ५० जना पत्रकारले सहभागिता जनाएको बताउनुभयो । त्यसमध्येबाट उत्कृष्ट चारजनालाई छनौट गरिएको बताउनुभयो ।

कार्यक्रममा पुरस्कृत पत्रकार आचार्य, हमाल र ढुंगानाले महासंघले सञ्चालन गरेको तालिम र प्रशिक्षणबाट पत्रकारको दक्षता अभिबृद्धिमा सघाउ पुगेको बताउनुभयो । पुरस्कारले थप जिम्मेवार भएर कामगर्ने प्रेरणा मिलेको उहाँहरुले धारणा राख्नुभयो ।

सोहीअनुसार महासंघको उपलब्ध केन्द्रीय कमिटीको बैठकले न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न सबै मिडिया सञ्चालकहरुमा आग्रह गरेको छ । शुक्रबार महासंघमा बसेको केन्द्रीय कमिटीको बैठकले सम्बन्धित सबैको ध्यानाकर्षण गराउँदै त्यसकालागि महासंघले भूमिका खेल्ने निर्णय गरेको छ ।

न्यूनतम पारिश्रमिक कार्यान्वयनमा समस्या बुझ्न महासंघले आउने सोमबार उपत्यका प्रतिष्ठान शाखाका पत्रकारहरुसँग छलफलका लागि भेला आव्हान गरेको छ । महासंघले मिडिया सञ्चालक, जिम्मेवार पत्रकार तथा श्रमजीवी पत्रकारहरुसँग समेत त्यस विषयमा छुट्टाछुट्टै छलफल गर्ने निर्णय गरेको छ । बैठकले महासंघको आगामी केन्द्रीय बैठक भाद्र २९ र ३० गते गर्ने निर्णय पनि गरेको छ ।

तपाईको प्रतिक्रिया