एमाले स्वास्थ्य विभागले तिज कार्यक्रम गर्यो


Teej

नेपालगञ्ज, भाद्र १० गते । नेकपा एमाले स्वास्थ्य तथा जनसंख्या विभाग बाँकेको आयोजनामा महिलाहरुको महान चाड हरितालिका तिजविशेष कार्यक्रम सम्पन्न भएको छ ।

नेकपा एमाले स्वास्थ्य तथा जनसंख्या विभाग इन्चार्ज अछरी पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभागका सचिव रामबहादुर चन्द्रले उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो ।

स्वास्थ्यकर्र्मीहरुको भेला, अन्र्तक्रिया तथा तिज कार्यक्रममा महिला र पुरुष समान किसिमबाट अगाडि बढ्न जरुरी रहेको केन्द्रिय स्वास्थ्य तथा जनसंख्या विभाग इन्चार्ज सुजिता शाक्यले बताउनु भयो ।

उक्त कार्यक्रममा बोल्दै महिला र पुरुषमा समानता कायम गर्नकानिम्ति सामाजिक आर्थिक, शैक्षिक स्वास्थ्य क्षेत्रमा महिला र पुरुष समान किसिमबाट अगाडि बढ्नुपर्ने अनेमसंघ केन्द्रिय सचिव समेत रहेकी शाक्यले बताउनुभयो ।

कार्यक्रममा नेकपा एमाले क्षेत्र नं.४ का सांसद दलबहादुर सुनारले महिलाहरु हेपीएका थिचिएका कुरामात्र होइन अब लडेर पनि अगाडि बढ्न सक्छौ भन्नेखालका गित गाउनु पर्ने बताउनुभयो ।

उहाँले महिलाहरु संगठित हुदै अगाडि बढ्नु पर्ने, स्वास्थ्यकर्मीहरुका पनि छुट्टाछुट्टै समस्या रहेको बताउदै समाधनमा लाग्नु पर्ने बताउनुभयो । अन्तरक्रिया कार्यक्रममा स्वास्थ्यकर्मीहरुको अवस्था, समस्या र चुनौतिका सवालमा छलफल गरीएको थियो ।

कार्यक्रममा नेकपा एमाले क्षेत्र नं.४ का सांसद दलबहादुर सुनारले महिलाहरु हेपीएका थिचिएका कुरामात्र होइन अब लडेर पनि अगाडि बढ्न सक्छौ भन्नेखालका गित गाउनु पर्ने बताउनुभयो ।

कार्यक्रममा सांसद एवं नेकपा एमाले बाँकेका इन्चार्ज दिनेशचन्द्र यादव, नेकपा एमाले बाँकेका अध्यक्ष अशोक कोइराला, अनेमसंघ केन्द्रिय सदस्य नन्दा शर्मा, कर्मचारी मध्यपश्चिमका महिला विभाग इन्चार्ज मन्जु कोइराला स्वास्थ्य तथा जनसंख्या विभागका सदस्य खडक रोका, विनोद शर्मा, नन्द गिरी, भिम विक लगायतले स्वास्थ्य क्षेत्रका समस्या राखेका थिए ।

अन्तरक्रिया कार्यक्रम सम्पन्न भएपछि महिलाहरु छमीछमी तिजको गित गाएर नाचेका थिए । तिज कार्यक्रममा २०० बढी महिलाहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा कांग्रेस र माओवादी पार्टीबाट दर्जन बढिले पाटी प्रवेश गरेका थिए ।

तपाईको प्रतिक्रिया