थाकस उपत्यका अधिवेशनमा वक्ताले भने ‘पूर्व–पश्चिम मिलेर जाउ’


SAM_5701

काठमाडौं, भाद्र ११ गते । थारु कल्याणकारिणीसभा उपत्यका समितिको सातौं अधिवेशनको उद्घाटनसत्रमा बोल्ने वक्ताहरुले पूर्व पश्चिमका थारुलाई मिलाएर एकतावद्ध भएर अगाडि बढ्न सुझाव दिएका छन् । कार्यक्रममा पश्चिमा थारुको निकै न्यून उपस्थिति रहेको थियो ।

काठमाडौंको अनामनगरमा शनिबार भएको थाकस उपत्यका समितिको उद्घाटनसत्रमा बोल्दै वक्ताहरुले त्यस्तो सुझाव दिएका हुन् । आयोजक संस्थाले विहान ११ बजे बोलाएको कार्यक्रम दुई घण्टा ढिलोगरी १ बजे शुरुभएको थियो । उद्घाटनसत्रमा तेह्रजना वक्ताले धारणा राखेका थिए । थारु कल्याणकारिणीसभामा देखिएको पछिल्लो मतभेद, थारु आन्दोलनमा देखिएको विचलनका बारेमा समिक्षात्मक धारणा वक्ताहरुले राखेका थिए ।

थाकस केन्द्रीय उपाध्यक्ष कनुलाल चौधरीले नेपालमा सबैभन्दा पूरानो सामाजिक संस्था थाकसको काठमाडौंमा एउटा आफ्नै भवन नहुने लाजमर्दो भएको बताउनुभयो । थारुको खुट्टा थारुले नै काट्ने प्रबृत्तिले प्रगति हुन नसकेको उहाँले बताउनुभयो । अरु दलको झोलबोक्का भएरै थारुहरु सकिएको भन्दै उहाँले मुखमा रामराम बगलीमा छुराको भूमिका ननिभाउन थारु अगुवाहरुसँग आग्रह गर्नुभयो । थाकसलाई सबैको साझा संस्थाकोरुपमा विकास गर्न उहाँले सुझाव दिनुभयो ।

SAM_5705

माओवादी केन्द्रका सांसद मानपुर चौधरीले एकअर्कालाई गालीगलौज गर्नुभन्दा सबैको सहयोग र हातेमालोले थाकसको विकास गर्न सकिने बताउनुभयो । थाकसका केन्द्रीय अध्यक्ष धनीराम चौधरीलाई बनाएर ठूलो गल्ती भएको भन्दै उहाँले महाधिवेशनमा आफूले विरोध गर्दागर्दै राजकुमार लेखीका कारण धनीराम अध्यक्ष भएको बताउनुभयो । उहाँले थाकस भवन निर्माणका लागि आफ्नो तर्फबाट दुई महिनाको तलब (एक लाख रुपिया) सहयोग गर्ने घोषणा गर्नुभयो ।

सांसद रुक्मिणी चौधरीले वर्षदिनसम्म थारुको आन्दोलन निरन्तर चल्दासमेत शासकहरुले मागको सुनुवाई नगरेकोमा आपत्ति जनाउनु भयो । नयाँ संविधानमा थारु क्लष्टर निर्माण भएको भएपनि त्यसको आधारमा लोकसेवा आयोगमा छुट्टै कोटा थारुलाई दिन शासकहरु अझै अनकनाइरहेकाले दवावको खाँचो उहाँले औल्याउनुभयो ।

कैलाली र कञ्चनपुरमा थारुमाथि प्रशासकहरुले ठूलो षडयन्त्र गरिरहेको आरोप लगाउँदै उहाँले कैलाली र कञ्चनपुरमा मात्र पछिल्लो एक वर्षमा दर्जनबढी थारुको हत्या भएको बताउनु भयो । रामदुलारी रानाथारुलाई मल्ल थरका केटाका परिवारका सदस्यहरुले राती आक्रमण गरी योनाङ्गमा लठ्ठी घुसाएर निर्मम हत्या गर्दासमेत हत्यारालाई प्रशासकहरुले जोगाइरहेको बताउनु भयो ।

SAM_5716

नागरिक समाजवादी पार्टीका अध्यक्ष राजकुमार लेखीले प्रमुख तीनदलका शीर्ष नेताकै कारण थारुको विकास नभएको आरोप लगाउँदै विजयकुमार गच्छदारको गलत भूमिकाले पनि थारु पछाडि परेको बताउनुभयो । केही थारु नेताहरुले आफूले काम गर्न नसक्ने लेखीलाई सक्रिय भएको देखेर डाह गर्नेगरेको उहाँले बताउनुभयो । पछिल्लो समय गच्छदारको भूमिकाले थारु आन्दोलन तुहिएको उहाँले आरोप लगाउनुभयो । नेता लेखीले गच्छदारलाई ‘गद्दार’ र रामजनम लाई ‘मारजनम’को संज्ञा दिनुभयो ।

आन्दोलनताका गच्छदार सरकारमा गएर गद्दारी गरेको लेखीको आरोप छ । त्यसैगरी टीकापुर घटनामा मान्छे मार्न लगाएर रामजनम सत्तामा बसेकोप्रति उहाँले आलोचना गर्नुभयो । सिमांकनसहित थरुहट प्रदेश सुनिश्चित् नहुँदासम्म थारुले स्थानीय तहको पुनरसंरचना स्वीकार गर्ने उहाँले उद्घोष गर्नुभयो ।

थाकस उपाध्यक्ष प्रेमीलाल थारुले एकअर्कालाई आरोप प्रत्यारोप गरेर थारुको समस्या कहिल्यै समाधान नहुने बताउनुभयो । आन्दोलनका क्रममा सहादत्त प्राप्त गरेका थारुलाई शहिदको कोटीमा सरकारले नराखेकोमा आपत्ति जनाउनुभयो । सांसदहरुले त्यसकालागि भूमिका निर्वाह गर्न नसकेको भन्दै थारुले आलोचना गर्नुभयो ।

पत्रकार लक्की चौधरीले थाकस थारुको छाता संगठनको भूमिका निर्वाह गर्न नसकेकाले आलोचित हुनुपरेको बताउनुभयो । नेतृत्वतहमा क्षमतावान व्यक्तिको अभाव र समन्वयकारी भूमिका निर्वाह गर्न नसक्नेहरु नै नेतृत्वमा पुग्नु थारु आन्दोलन तुहाउने भूमिका खेल्नु हो भन्दै पत्रकार थारुले जुझारु, योग्य, पारदर्शी सोचभएका र समयानुकुल आफूलाई अपडेट गर्नेलाई नेतृत्वमा ल्याउन आग्रह गर्नुभयो ।

पत्रकार लक्की चौधरीले थाकस थारुको छाता संगठनको भूमिका निर्वाह गर्न नसकेकाले आलोचित हुनुपरेको बताउनुभयो । नेतृत्वतहमा क्षमतावान व्यक्तिको अभाव र समन्वयकारी भूमिका निर्वाह गर्न नसक्नेहरु नै नेतृत्वमा पुग्नु थारु आन्दोलन तुहाउने भूमिका खेल्नु हो भन्दै पत्रकार थारुले जुझारु, योग्य, पारदर्शी सोचभएका र समयानुकुल आफूलाई अपडेट गर्नेलाई नेतृत्वमा ल्याउन आग्रह गर्नु   भयो ।

कार्यक्रममा अमिरीलाल थारु, लक्की चौधरी, रमेश चौधरी, कानूनलाल थारु, तारा चौधरी, सुशिला चौधरी, सत्यनारायण चौधरी, गीता चौधरी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै थारुलाई एक बनाएर अघि बढ्न सुझाव दिनुभएको थियो ।

कार्यक्रममा चारजनालाई सम्मान गरिएको थियो । थाकस उपत्यका समितिले अमृत खाँ, नेमनारायण सिंह थारु, स्व. शिवनारायण थारु र प्रेमीलाल थारुलाई सो अवसरमा सम्मानित हुनुभयो ।

तपाईको प्रतिक्रिया