मुक्त कमैया बसन्ती चौधरी एनपिस अवार्ड २०१६ का लागि मनोनित


Basanti

धनगढी, भाद्र १३ गते । मुक्तकमैया तथा कमलरी प्रथा उन्मुलनका अभियन्ता वसन्ती चौधरी एनपिस अवार्ड २०१६ का लागि मनोनित हुनु भएको छ । विगत १६ वर्षदेखि अभियानमा क्रियाशील पूर्व मुक्त कमैया चौधरी उक्त अवार्डकालागि मनोनित हुनु भएको हो ।

नेपालबाट २६ जना प्रतिस्पर्धीमध्ये उहाँ पनि पर्न सफल हुनु भएको छ । उहाँलाई भोट गरेर छनौटमा पार्नलाई थारु कल्याणकारिणीसभा कैलाली अनुरोध गरेको छ ।

साथै छनौटकालागि सबै पक्षबीच समन्वय गर्ने जनाएको छ । उहाँलाई भोट गर्न एनपिसडटनेट स्ल्यास क्यान्डिडेट स्ल्यास १०५० भन्ने लिंकमा जानुपर्ने बताइएको छ । त्यसपछि भोट बक्स, सबमिट र भ्यालीडेट बक्समा दिएको निर्देशन अनुसार प्रक्रिया पुरा गर्नु पर्ने चौधरीले बताइन् ।

चौधरीकाअनुसार सुरुमा भोट बक्समा क्लिक गरेर, सबमिट योर भोट मा क्लिक गर्नु पर्ने र कन्फर्म अल मा जानुपर्ने स्टेप राखिएको    छ । त्यपछि आफ्नो पुरा नाम र इमेल ठेगाना भरेर भ्यालिडेटमा जानुपर्ने हुन्छ चौधरीले भनिन् । भोट दिएको हेर्नको लागि भोटकर्ताहरु आफ्नो इमेल ठेगानमा आएको मेलपनि पछ्याउनु पर्ने हुन्छ ।

तपाईको प्रतिक्रिया