कैलालीकी सुशीला चौधरी बनीन् काठमाडौंको फेसन डिजाइनर


1

काठमाडौं, भाद्र १३ गते । पथरैया ४, मटेरा निवासी सुशीला चौधरी काठमाडौंको आधुनिक फेसन डिजाइनरमा दरिनु भएको छ । उहाँले भर्खरै काठमाडौंमा आफूले तयार गरेको फेसनको एक दिने प्रदर्शन गर्नुभएको छ ।

आइसी इन्टरनेशनल फेसन टेक्नोलोजी काठमाडौंबाट तीनवर्षे फेसन डिजाइनरको कोर्स सिक्नुभएकी चौधरीले बागबजारस्थित करियर ट्रेनिङ फाउण्डेशन नेपालको सहयोगमा शनिबार फेसन शो गर्नुभएको हो । उहाँलाई २५ देखि ३० जना फेसन डिजाइनका विद्यार्थीहरुले कार्यक्रममा सहयोग गरेका थिए ।

करिब साढे तीनलाख रुपिया खर्च गरेर सो फेसन डिजाइन सो गरिएको सुशीला चौधरीले बताउनुभयो । उहाँसँग विभिन्न डिजाइनका थारु ड्रेस, लेहंगा, चोली, गावन, तीजका ड्रेस देखि बजारमा आउने विभिन्न थरिका फेसन डिजाइन तयार गर्ने सीप र क्षमता रहेको छ ।

3

लामो समयदेखि थारुका विभिन्न पोशाकसमेत तयार पार्दै आउनुभएकी चौधरीले आगामी दिनमा फेसन डिजाइनर भएरै आफ्नो करिअर अगाडि बढाउने लक्ष्य रहेको चौधरीले बताउनुभयो । काठमाडौंमा प्रदर्शन गरेको तेस्रो सो भएको बताउँदै चौधरीले आगामी दिनमा थारु पोशाकको मात्र सो गर्न आफू तयार रहेको बताउनुभयो ।

2

त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा स्नातकोत्तर अन्तिम वर्षमा अध्ययनरत रहनुभएकी चौधरीले कुनै थारु संघ संस्थाले प्रायोजन र संयोजनको भूमिका निर्वाह गरे दशैंमा थारु ड्रेसको सो गर्ने आफ्नो तयारी रहेको बताउनुभयो ।

4

तपाईको प्रतिक्रिया