संविधान संशोधनअघि कार्यान्वयन प्रमुख विषय होः सचिव ज्ञवाली


SAM_4684

काठमाडौं, भाद्र १५ गते । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले संविधान संशोधन प्रक्रिया अगाडि बढाउने बताइरहेका बेला प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले तत्काल संविधान संशोधनको आवश्यकता नरहेको बताउनुभएको छ । संविधान कार्यान्वयन मुख्य विषय भएको उहाँको तर्क छ ।

एमाले सचिव ज्ञवालीले हमार पहुरासँग कुरागर्दै संविधान संशोधन आवश्यक नभएको भन्दै पहिला संविधान कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । ‘सिद्धान्ततः संविधान संशोधन हुने विषय हो, कसैले अस्वीकार गर्दैन’ तर ‘सोही सिद्धान्तमा रहेर एकपटक संविधान संशोधन पनि भइसकेको छ। यसलाई बारम्बार प्रयोगको थलो बनाउने पक्षमा एमाले छैन’ ज्ञवालीले भन्नुभयो ।

अंगीकृत नागरिकलाई राज्यका उच्चपदमा पुग्न संविधान संशोधन गर्ने हो वा पहाड र तराईबीचको दूरी बढाउन संधिवान संशोधन गर्ने हो ?’ ‘समस्या समाधान गर्न संविधान संशोधन की समस्या बल्झाउन संविधान संशोधन ?’ उहाँले जिज्ञासा गर्नुभयो ।

एमालेका बौद्धिक नेताको छवि बनाएका ज्ञवालीले संविधान संशोधनका विषयमा सरकारको औपचारिक धारणा आएपछि एमालेको तर्फबाट थप प्रतिक्रिया दिने भन्दै अहिले संविधान संशोधनको आवश्यकता र औचित्य पुष्टि हुन नसकेको बताउनुभयो ।

‘कसलाई सन्तुलनमा ल्याउन वा कसलाई खुशी पार्न संविधान संशोधन आवश्यक पर्यो ?,’ उहाँले भन्नुभयो, ‘कुनै दल, नेता वा समूहलाई खुशी पर्न बारम्बार संविधान संशोधन गर्नु उचित होइन।’

‘संविधानलाई सर्वस्वीकार्य बनाउँदा नेत्रविक्रम चन्द नेतृत्वको माओवादीलाई के गर्ने ?’, उहाँले भन्नुभयो, ‘आफूले चाहेजस्तो संविधान बनाउन निर्वाचनमा गएर संविधान संशोधन गर्न आवश्यक बहुमत ल्याएमात्र संवभ हुन्छ।’

उहाँले अंगीकृत नागरिक राज्यका उच्चतहमा पुग्नुपर्ने माग मधेसी धर्तीपुत्रको हुन नसक्ने बताउँदै ‘अंगीकृत नागरिकलाई राज्यका उच्चपदमा पुग्न संविधान संशोधन गर्ने हो वा पहाड र तराईबीचको दूरी बढाउन संधिवान संशोधन गर्ने हो ?’ जिज्ञासा गर्नुभयो ।
मधेसमा भनिएको समस्या आम नागरिकको समस्या नभएको दाबी गर्दै ज्ञवालीले कुनै दल, समुदाय वा नेताले भनेको भरमा संविधान संशोधन गर्न नसकिने तर्क गर्नुभयो।

मधेसी मोर्चाले मुख्यरुपमा तराईमा दुई प्रदेश हुनुपर्ने मागसहित सीमांकन सच्याउन सरकारलाई दबाब दिँदै आएको छ। ज्ञवालीले अंगीकृत नागरिकलाई राज्यका उच्चपदमा पुग्ने व्यवस्था गर्दा बंशजको आधारमा नागरिकता पाएकाहरु अल्पमतमा पर्ने भन्दै अंगीकृत नागरिकलाई राज्यका उच्चपदमा पुग्ने व्यवस्थाको विरोधमा मधेसी जनता रहेको दावी गर्नुभयो ।

मधेसी जनताको माग पहिलो संविधान संशोधनमार्फत पूरा गरिएको भन्दै ज्ञवालीले जनसंख्याको आधारमा निर्वाचन क्षेत्र, समानुपातिक समावेशीलगायतका माग संशोधनमार्फत पूरा भइसकेको बताउनुभयो ।

संविधानलाई सर्वस्वीकार्य बनाउने नाममा बारम्बार संशोधन गर्न नसकिने उहाँको भनाइ छ । ‘संविधानलाई सर्वस्वीकार्य बनाउँदा नेत्रविक्रम चन्द नेतृत्वको माओवादीलाई के गर्ने ?’, उहाँले भन्नुभयो, ‘आफूले चाहेजस्तो संविधान बनाउन निर्वाचनमा गएर संविधान संशोधन गर्न आवश्यक बहुमत ल्याएमात्र संवभ हुन्छ।’

तपाईको प्रतिक्रिया