थारु पत्रकार संघ नेपाल दाङ्का सहसचिव पत्रकार चौधरीको निधन


hiramani

घोराही (दाङ), भाद्र १५ गते । थारु पत्रकार संघका सहसचिव तथा रेडियो तुलसीपुरमा कार्यरत पत्रकार हिरामणि चौधरीको निधन भएको छ । चौधरीको निधनप्रति थारु पत्रकार संघ दाङ शाखाले दुख व्यक्त गरेको छ ।

शाखाका सहसविच एवम रेडियो तुलसीपुरकर्मी हिरामणि चौधरीको निधनप्रति थारु पत्रकार संघ दाङले शोक वक्तव्य जारीगर्दै दुःख व्यक्त गरेको हो । संघका मध्यपश्चि इन्र्चाज एवम दाङका अध्यक्ष सन्तोष दहितले शोक वक्तव्य जारीगरी पत्रकार चौधरीको निधनले पत्रकारीतामा अतुलनीय क्षति पुगेको उल्लेख गर्नुभएको छ ।

साथै संघले स्वर्गीय चौधरीप्रति भावपूर्ण श्रद्धाञ्जली एवम शोकसन्तप्त परिवारजनप्रति गहिरो संवेना प्रकट गरेको छ । तुलसीपुर १८ कचिला निवासी चौधरीको राप्ती अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको चौधरीका दाजु भरतमणि चौधरीले जानकारी दिनुभयो ।

३१ बर्षीय चौधरी विगत १० वर्ष पहिलेदेखी रेडियो तुलसीपुर दाङमा कार्यरत रहँदै आउनुभएको थियो । थारु भाषाको समाचार, सूचना र सन्देशमुलुक कार्यक्रम सञ्चालनको सम्पूर्ण जिम्मेवारी चौधरीले सम्हाल्दै आउनुभएको थियो ।

तपाईको प्रतिक्रिया