थरुहट पार्टीले गर्यो समाचारको खण्डन, धम्कीको प्रमाण दिन चुनौति


Tharuhat

काठमाडौं, भाद्र १६ गते । थरुहट तराई पार्टी नेपालका बरिष्ठ नेता गोपाल दहित एवं उपाध्यक्ष गंगा चौधरी (सत्गौंवा) लाई जोडेर सञ्चारमाध्यममा आएको समाचारको सो पार्टीले खण्डन गरेको छ ।

एकजना थारु महिलालाई ज्यानमार्ने धम्की प्रसंगको समाचारको सो पार्टीले खण्डन गरेको हो । थरुहट थारुवान आन्दोलन र थारुकल्याणकारिणीसभा उपत्यका समितिको अधिवेशनको विषयलाई लिएर सो समाचार प्रकाशन भएको थियो ।

राजनीतिक प्रतिशोधका आधरमा आधात पु¥याउने, बदनाम गराउने, सुनियोजित योजनाकासाथ लगाइएको निराधार, कपोकल्पित, मनगढन्ते सामाचारप्रति खण्डन गर्दै हामी घोर भर्तसना गर्दछौं विज्ञप्तीमा उल्लेख छ ।

सो पार्टीका अध्यक्ष भानुराम चौधरीले विहिबार विज्ञप्ती जारीगरी समाचारको खण्डन गरिएको छ । स्रोत नखुलाई संप्रेषण भएको निराधार आरोपबाहेक केही नभएको सो दलले जनाएको छ । थरुहटको खोल ओढी सस्तो र लोकप्रियताको लागि निराधार आरोप लगाएको सो दलले बताएको छ । धम्कीदिएको प्रमाण पेश गर्न सो दलले विज्ञप्ती मार्फत चुनौति दिएको छ ।

तपाईको प्रतिक्रिया