मुक्तहलिया र कमैयाले भने ‘पुनस्र्थापनामा सरकार उदासिन भयो’


SAM_5870

काठमाडौं, भाद्र १८ गते । सरकारले पुनस्र्थापना गर्ने नीति बनाएरै पटक पटक आश्वासन दिएपनि हालसम्म पुनस्र्थापना नभएको भन्दै मुक्तहलिया, मुक्तकमैया तथा कमलरीहरुले गुनासो गरेका छन् ।

मुक्तकमैया, कमलरी र मुक्तहलियाका संघ संस्थाहरुले शनिबार संयुक्तरुपमा यहाँ पत्रकार सम्मेलन गरी सरकारले हरेकवर्ष पुनस्र्थापनाका लागि केही बजेट छुट्याउने गरेपनि त्यसको सही कार्यान्वयन हुन नसकेको उनीहरुको आरोप छ । भएको बजेट पनि कार्यान्वयन हुँदैन, पर्याप्त बजेट पनि छुटयाइँदैन भन्दै सम्बद्ध संघसंस्थाले पुनस्र्थापनामा सरकार गम्भीर नभएको आरोप लगाए ।

मुक्तहलिया महासंघका अध्यक्ष राजुराज भूलले मध्य र सुदूरपश्चिमका गरी १२ जिल्लामा गरी १९ हजार ५९ हलिया भएपनि सरकारले अझै प्रमाणिकरण गरेर परिचयपत्रको व्यवस्था गर्न नसकेको आरोप लगाउनुभयो । छुट मुक्तहलिया पनि हजारौंमा भएको अध्यक्ष भूलको भनाई छ ।

अरुको घरमा कमलरी बसेकैबेला सातजना कमलरीको ज्यान गएको, २७ जना कुमारी आमा बनेको भएपनि २ जनाले मात्र झिनो क्षतिपूर्तिपाएको उहाँले बताउनुभयो ।

कमैया प्रथा उन्मुलन समाजकी अध्यक्ष वसन्ती चौधरीले कुल २७ हजार मुक्तकमैया भएपनि अझै धेरैले परिचयपत्र प्राप्त गर्न नसकेको बताउनुभयो । कैलालीमा ४३५ परिवारको पुनस्र्थापना र ९४३ परिवारको सट्टाभर्ना बाँकी रहेको बताउनुभयो । त्यस्तै वर्दियामा समेत त्यतिकैसंख्यामा पुनस्र्थापना हुन बाँकी रहेको चौधरीले बताउनुभयो ।

मुक्त कमलरी महिला विकास मञ्चकी अध्यक्ष कौशिला चौधरीले पश्चिम नेपालका छ जिल्लामा कमलरीप्रथा कायम रहेको बताउनुभयो । अझै ४७० जना कमलरी मालिकको घरबाट मुक्तहुन बाँकीरहेको उहाँले बताउनुभयो । अरुको घरमा कमलरी बसेकैबेला सातजना कमलरीको ज्यान गएको, २७ जना कुमारी आमा बनेको भएपनि २ जनाले मात्र झिनो क्षतिपूर्तिपाएको उहाँले बताउनुभयो ।

राष्ट्रिय दलित नेटवर्कका अध्यक्ष गणेश विकेले सरकारको स्पष्ट योजना र पुनस्र्थापनाको काम प्राथमिकतामा पर्न नसकेकोले समस्या भएको बताउनुभयो । सरकारले अवको दुईवर्ष भित्र मुक्तहलियालाई पुनस्र्थापना गरिसक्ने योजना बनाए पनि त्यो प्रभावकारी कार्यान्वयन हुने आधार नदिएको बताउनुभयो ।

बाँधा मजदूरक्षेत्रमा लामो समयदेखि वकालत गर्दैआउनुभएका अधिवक्ता बालाराम भट्टराईले मुक्तकमैया, हलिया र कमलरीको सरकारी पुनस्र्थापनाको गठन आदेश नै स्पष्ट नभएको बताउनुभयो ।

बाँधा मजदूरक्षेत्रमा लामो समयदेखि वकालत गर्दैआउनुभएका अधिवक्ता बालाराम भट्टराईले मुक्तकमैया, हलिया र कमलरीको सरकारी पुनस्र्थापनाको गठन आदेश नै स्पष्ट नभएको बताउनुभयो । अझै मुक्तकमैया, कमलरी र मुक्तहलिया, हरुवाचरुवाको लगत नै सरकारसँग नभएकाले पुनस्र्थापनाको काम सहज नहुने बताउनुभयो । लगत लिएर परिचयपत्र व्यवस्था गरेपछि मात्रै पुनस्र्थापनाको काम हुनसकने उहाँले बताउनुभयो ।

मुक्तकमैया बजारी चौधरी र मनमति चौधरीले आफूहरुले ०५८ सालदेखि १ कठ्ठा जग्गाको लालपूर्जा पाएपनि अहिलेसम्म जग्गाको मुख देख्न नपाएको गुनासो गर्नुभयो । लालपूर्जाले हाम्रो पेट भर्ने हो ? जिज्ञासा गर्दै मुक्तकमैया चौधरीहरुले लालपूर्जाअनुसारको जग्गा उपलब्धकालागि वर्षौवर्ष सरकारी कार्यालयमा धाउँदासमेत जग्गा प्राप्त गर्न नसकेको गुनासो गर्नुभयो ।

पत्रकार सम्मेलनमा मुक्तहलिया, कमैया र कमलरीहरुले प्रमाणिकरण गरी परिचयपत्रको व्यवस्था, एकघर एक रोजगार, निःशुल्क शिक्षा, स्वास्थ्यको व्यवस्था, सीपमूलक तालिमको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो ।

तपाईको प्रतिक्रिया