टीकापुरका भूमिहिनले भने, ‘हाम्रो तत्काल पुनस्र्थापना गरियोस्’


SAM_5965

काठमाडौं, भाद्र १८ गते । टीकापुर वडा नं. ९ क्षेत्रमा बसोबास गर्दैआएका भूमिहिन, सुकुम्बासी र अव्यवस्थित बसोबास गरी बसेका समुदायले तत्काल पुनस्र्थापनाको माग्गर्दै सरकारका सम्बन्धित मन्त्रालयमा ज्ञापनपत्र बुझाएका छन् ।

विभिन्न मन्त्रालयमा ज्ञापनपत्र बुझाइसकेपछि शनिबार यहाँ पत्रकार सम्मेलन गर्दै भूमिहिन सुकुम्बासीहरुले टीकापुरको सो क्षेत्रमा आफूहरु दशकौंदेखि बसोबास गरेपनि परिचयपत्रको वितरण गरी सरकारले पुनस्र्थापना नगरेको गुनासो गर्नुभयो । आफूहरु बसेको चारसय विघा जग्गालाई स्थानीय प्रशासनले टीकापुर बहुमुखी क्याम्पसको नाममा गरेको भन्दै भूमिहिनहरुले आपत्ति जनाएका छन् ।

आफूहरु बसेकै जग्गामा पुनस्र्थापनाको मागगर्दै भूमिहिन सुकुम्बासीहरुले प्रधानमन्त्री, भूमिसुधार मन्त्री, वनमन्त्री, अर्थमन्त्री, शिक्षामन्त्री, कृषिमन्त्री लगायतलाई ज्ञापनपत्र बुझाइएको सो संस्थाका अध्यक्ष रणबहादुर विकले बताउनुभयो ।

SAM_5967

सरकारलाई पटक पटक मागपत्र बुझाउँदासमेत सुनुवाई नभएको भन्दै भूमिहिनहरुले आवश्यक पहल गरिदिन पत्रकारहरुलाई आग्रह गरेका छन् । टीकापुरको ९ नम्बर वडामा आठवटा भूमिहिनको शिविर बसोबास गर्दैआएको बताउँदै स्थानीय अगुवा हर्कबहादुर देउवाले सोही ठाउँमा पुनस्र्थापनाको माग गर्नुभयो ।

टीकापुरमा लामो समयदेखि बसोबास गर्दैआएका भूमिहिन, सुकुम्बासीको समस्या समाधानको विकल्प नरहेको भन्दै उहाँले सुकुम्बासी बसेकै ठाउँमा पुनस्र्थापनाको पर्याप्त सम्भावना भएपनि सरकारले चासो नदिएको बताउनुभयो ।

माओवादी विप्लब समूहका पोलिटव्यूरो सदस्य ओमप्रकाश पुनले भूमिहिन र सुकुम्बासीको पुनस्र्थापना विना उत्पीडित मुक्तीको लडाई जारी रहने बताउनुभयो । टीकापुरमा लामो समयदेखि बसोबास गर्दैआएका भूमिहिन, सुकुम्बासीको समस्या समाधानको विकल्प नरहेको भन्दै उहाँले सुकुम्बासी बसेकै ठाउँमा पुनस्र्थापनाको पर्याप्त सम्भावना भएपनि सरकारले चासो नदिएको बताउनुभयो ।

नेपालभरि करिब ६० लाख भूमिहिन र सुकुम्बासी रहेको बताउँदै नेता पुनले माओवादीको लडाई अब ती वर्गको पुनस्र्थापनाका लागि केन्द्रीत हुने बताउनुभयो ।

पत्रकार सम्मेलनमा भूमिहिन अगुवा रणबहादुर विक, अक्कलबहादुर शाही लगायतले टीकापुरको खाली जग्गामा आफूहरु बसेको भएकाले सोही जग्गामा आफूहरुलाई पुनस्र्थापना गर्नुपर्ने माग राख्नुभयो । सो अवसरमा भूमिहिन सुकुम्बासीले मागको कार्यान्वयनका लागि माओवादी विप्लब समूहका पोलिटव्यूरो सदस्य पुनलाई मागपत्र हस्तान्तरण गरेको थियो ।

तपाईको प्रतिक्रिया