गठबन्धनले गर्यो एघार सदस्यीय संशोधन मस्यौदा कमिटी गठन


Morcha

काठमाडौं, भाद्र १९ गते । संघीय गठबन्धन केन्द्रीय आन्दोलन परिचालन समितिले लक्ष्मणलाल कर्णको संयोजकत्वमा ११ सदस्यीय संविधान संशोधन मस्यौदा कमिटी गठन गरेको छ ।

आइतबार संघीय समाजवादी फोरम नेपालको कार्यालयमा बसेको गठबन्धनको बैठकले कमिटी गठन गरेको हो । सो कमिटीमा नेताहरु लालबाबु राउत, वृषेशचन्द्र लाल, रामनरेश राय, केशव झा, गोपाल दहित, कुमार लिङ्देन, प्रेमबहादुर खाती सदस्य रहेका छन् ।

त्यस्तै, शिल्पीको तर्फबाट एकजना, प्रादेशिक मोर्चाबाट एकजना, आदिबासी जनजाति राष्ट्रिय आन्दोलनको तर्फबाट एकजना सदस्य राख्ने गठबन्धनको निर्णय छ । तर सो पक्षबाट नाम प्राप्त भइनसकेको गठबन्धनका संयोजक उपेन्द्र यादवले बताउनुभयो ।

त्यस्तै, बैठकले आन्दोलनको कार्यक्रम समेत घोषणा गरेको छ । गठबन्धनले असोज २ गते त्रुटीपूर्ण संविधान विरुद्ध कालो दिवसको प्रचारप्रसार, ३ गते संविधानलाई व्ल्याकआउट, ४ गते मधेसमा मारिएका शहिदहरुको सम्झनामा श्रद्धाञ्जलि सभा गर्ने निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया