गच्छदारको पार्टीमा तिब्र विवाद, गच्छदारलाई एकहप्ते अल्टिमेटम


Gachhadar

काठमाडौं, भाद्र २० गते । कांग्रेस–माओवादी गठबन्धनको सरकारमा जाने–नजाने विषयलाई लिएर मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) भित्र कडा विवाद शुरुभएको छ ।

व्यवस्थापिका–संसदमा १४ जना सांसद रहेको सो पार्टीका अध्यक्ष विजयकुमार गच्छदार सरकारमा आफू नजाने भएपछि अरुलाई पनि पठाउने नपठाउने विषयमा अन्यौलमा हुनुहुन्छ । उपप्रधानमन्त्रीसहितको मन्त्रालय खोजेका गच्छदारले सो नपाएपछि सरकारमा सहभागी हुने नहुनेमा अन्यौल हुनुहुन्छ ।

तर, बहुमत सांसद अध्यक्षको सम्भावना नभए अन्य सांसदलाई मन्त्री बनाएर पठाउनुपर्ने अडानमा राखिरहेका छन् । अध्यक्ष गच्छदारलाई सो विषयमा पटक पटक सुझाव दिंदासमेत गच्छदारले सुन्नुभएको छैन । केन्द्रीय कमिटीको बैठकमा समेत सोही विषयमा केन्द्रीत भएर छलफल भएको एक नेताले भन्नुभयो ।

‘केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सम्मानजनक ढंगले सरकारमा सहभागी हुने निर्णय गरेको छ,’ भन्दै सो पार्टीका एक नेता जीतेन्द्रनारायण देवले भन्नुभयो, ‘अहिले केही साथीहरु सम्मानजनक सहभागिता भनेको उपप्रधान वा मालदार मन्त्रालय मात्रै हो भन्नेमा हुनुहुन्छ, विवाद त्यही विषयमा भएको हो ।’

अहिलेको गठबन्धन फोरम लोकतान्त्रिकले निर्माण गरेको नभई कांग्रेस–माओवादीले गरेको भएकाले केही एक वा दुई मन्त्रालयसहित सरकारमा सहभागी हुँदा पनि सम्मानजनक सहभागिता हुने देवको बुझाई छ ।

नेता देवले प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि पार्टी अध्यक्ष गच्छदारले निर्णय नलिए चुप लागेर नबस्ने चेतावनी दिनुभयो । ‘हामी अब बढीमा एक हप्ता कुर्छौं,’ उहाँले भन्नुभयो ‘त्यो भनेको निर्णय लिनका लागि लामो समय हो ।

‘कांग्रेस–माओवादीको गठबन्धन बन्दा हामी केपी ओली नेतृत्वको सरकारमा थियौँ,’ देवले भन्नुभयो ‘अन्तिम समयमा मात्र हामी ओली नेतृत्वको सरकार छाडेर आएका हौँ, त्यसैले अहिले हामीले सम्मानजनक भन्दै मालदार मन्त्रालय माग्न मिल्दैन ।’

सरकारमा बसेर राजनीतिक भूमिका खेल्न जतिसक्दो छिटो सरकारमा सहभागी हुनुपर्ने उहाँको तर्क छ । ‘अहिले अध्यक्षले आलटाल गर्नुभएको छ,’ देवले भन्नुभयो, किन यसो गर्नुभएको हो मैले बुझेको छैनँ । हामी मन्त्री भएर तलब खान वा कर्मचारी बन्न जाने होइन, राजनीतिक भूमिका खेल्न जाने हो । तर, अध्यक्षले निर्णय नगर्दा समस्या उत्पन्न भएको छ’ देवले भन्नुभयो ।

नेता देवले प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि पार्टी अध्यक्ष गच्छदारले निर्णय नलिए चुप लागेर नबस्ने चेतावनी दिनुभयो । ‘हामी अब बढीमा एक हप्ता कुर्छौं,’ उहाँले भन्नुभयो ‘त्यो भनेको निर्णय लिनका लागि लामो समय हो । प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि अध्यक्षले निर्णय नलिए हामी नयाँ ढंगले सोच्न बाध्य हुनेछौँ नेता देवले बताउनुभयो ।

तपाईको प्रतिक्रिया