नेता पोखरेलको अभिव्यक्तिप्रति मधेसीको आपत्ति, पुतला दहन


Putla

काठमाडौं, भाद्र २२ गते । नेकपा (एमाले) का नेता शंकर पोखरेलको ट्वीटमा दिएको अभिव्यक्तिको विरोधमा रौतहट सदरमुकाम गौरमा मधेसी मोर्चाले प्रदर्शन गरेको छ। मोर्चा संबद्ध कार्यकर्ताले नेता पोख्रेलको पुत्ला दहन गरेको बताइएको छ ।

संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष रामनिवास यादवले मधेसी जनतालाई नेता पोख्रेलको अभिव्यक्तिले अपमान गरेकोले बिरोध गरिएको बताए।

सामाजिक संजाल ट्विटरमा नेता पोख्रेलले गरेको ट्विटमा प्रयोग गरिएको भाषा र शब्द मधेसी जनताको भावनामा चोट पुर्याउने खालको रहेको भन्दै सो समुदायले विरोध गरेको बताएको छ ।

Shankar Twitt

यसैबीच नेता पोखरेल विरुद्ध परेको जाहेरी प्रहरीले दर्ता गर्न अस्वीकार गरेको बताइएको छ । समाजवादी युवा फोरम नेपालका उपमहासचिव दुर्गामणि सुवेदीले बुधबार महानगरिय प्रहरी परिसर टेकुमा साइबरक्राइम अन्तर्गत दिएको जाहेरी प्रहरीले अस्वीकार गरेको सुवेदीले बताएका छन् । जाहेरी प्रहरीले दर्ता गर्न नमानेपछि परमादेशका लागि अदालत जाने उजूरीकर्ता सुवेदीले बताएका छन् ।

तपाईको प्रतिक्रिया