थारु बहुल क्षेत्रको क्लष्टरलाई टुक्रयाउन नहुने थारु अगुवाहरुको माग


Map

काठमाडौं, भाद्र २२ गते । स्थानीय तहको पुनरसंरचना सम्बन्धी दाङ्को देउखुरीस्थित लमहीमा बुधबार थारु अगुवाहरुबीच अन्तरक्रिया भएको छ । थारु समुदायका अगुवाले थारु क्लष्टरलाई न टुक्र्याउनेगरी स्थानीय तहको संरचना गर्न माग गरेका छन् ।

लमहीमा भएको कार्यक्रमपछि कार्यक्रमबारे जानकारी गराउँदै सांसद गंगा थारुले लमहीमा आयोगले प्रस्ताव गरेको दुईवटा स्थानीयतह अपर्याप्त भएकाले कम्तिमा चारवटा तह निर्धारणको माग बैठकमा भएको जानकारी दिनुभयो । त्यस विषयमा थारु समुदायको तर्फबाट निर्णय गर्न सात सदस्यीय कमिटी गठन गरिएको सांसद थारुले बताउनुभयो ।

फोरम (लोकतान्त्रिक) का प्रमुख सचेतक योगेन्द्र थारुले सिमाङ्कनको टुंगो नलाग्दासम्म स्थानीय तहको निर्धारण दीगो नहुने भन्दै पहिले सो काम सक्काउन आग्रह गर्नुभयो । थारु बहुल क्लष्टरलाई टुक्राउनेगरी निर्धारण हुने स्थानीय तहलाई थारुले मान्यता नदिने उहाँले बताउनुभएको सांसद थारुले बताउनुभो ।

स्थानीय तहको विषयमा थप छलफल गर्न विहिबार दाङ्को गढवामा छलफल आयोजना हुने सांसद थारुले जानकारी दिनुभयो । थारु कल्याणकारिणीसभा क्षेत्र नं. १ का अध्यक्ष चेतराम चौधरीको सभापतित्वमा भएको कार्यक्रममा नेताहरु नन्दकुमार थारु, रामप्रसाद थारु लगायतले धारणा राख्नुभएको थियो ।

तपाईको प्रतिक्रिया