सुन्धाराको सिटिसी मलमा भाद्र ३१ गते मोबाइल एक्स्पो शुरुहुने


photo (4)

काठमाडौं, भाद्र २२ गते । सुन्धारास्थित सिटिसी मल मुलुककै ठूलो मोबाइल हबकारुपमा सञ्चालनमा आएको छ । सिटिसी मोबाइल बजार व्यवस्थापनले नयाँ अवधारणसहित तीन, चार, पाँच र छैठौं तल्लामा ग्राहकका लागि सुविधासम्पन्न मोबाइल बजार स्थापना गरेको हो ।

सिटिसी मोबाईल बजारमा सबै किसिममा मोबाइल, सर्भिस सेन्टर तथा मोबाइलकालागि चाहिने सबै किसिमका सामानहरु सुपथमुल्यमा उपलब्ध रहेको ब्यबस्थापन पक्षले जानकारी दिएको छ । सिटिसी मलको पाँचौ र छैठौं तल्लामा २० भन्दा बढी मोबाइल सर्भिस सेन्टरहरु राखिएका छन् ।

जसमध्ये हुवावे, माइक्रोम्याक्स, जियोनी, लाभा, एम आई, पानासोनिक, कार्वन, स्पाइस, ओविआई, रेज, केन्ट, सेलकन, टचकन, फ्लाई, विनकम, किवी लगायत ब्राण्डका मोबाइल सर्भिस सेन्टरहरु रहेका छन् । यस्तै सामसुङ्ग, लेनेभो, जोप्पो, सिजी र लक्ष्मी गु्रपबाट प्रबद्र्वित नयाँ मोबाइलको सर्भिससेन्टर पनि छिट्टै सञ्चालनमा आउने सिटिसी मोबाइल बजारका अध्यक्ष सन्दिपमान श्रेष्ठले जानकारी दिनुभयो ।

मलको तेस्रो र चौथो तल्लामा सबै ब्राण्डका मोबाइल पसलहरु सञ्चालनमा छन् । पछिल्लो समय सपिङ्ग मलहरुको संख्या बढ्दै गएकोमा यो मललाई मोबाइल बजारकारुपमा चिनाउन र सबै मोबाइल प्रयोगकर्ताको सहजताकालागि मोबाइलबजार सञ्चालनमा ल्याएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

नेपालमा प्रविधिको विकाससँगै बढ्दो मोबाइलको प्रयोग गर्ने आम नेपालीको अधिकार सुरक्षित गर्दै छिटपुटरुपमा रहेका मोबाइल बजारको विकल्पकोरुपमा सिटिसी मोबाइलबजार सञ्चालनमा ल्याइएको मोबाइल बजारका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

अध्यक्ष श्रेष्ठकाअनुसार मोबाईलबजारले नेपालमा सञ्चालित सबै कम्पनीले विक्रीगर्ने मोबाइलहरु सर्भिसकालागि विभिन्न तालिमहरु समेत दिने योजना छ । यसैबीच सिटिसी मोबाइल बजारको आयोजनामा आगामी भदौ ३१ गते मोबाईल एक्स्पो हुने भएको छ । एक्स्पोमा हुने सम्पूर्ण क्रियाकलापबारे केहिदिनमै हुने पत्रकार सम्मेलनमा जनाकारी दिने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया