एमाले नेताहरु चन्द्रागिरी केवलकारमा सरर, विकासमा टेवापुग्ने


Cable car

काठमाण्डौं, भाद्र २२ गते। नेकपा एमालेका नेताहरु बुधबार थानकोटस्थित केबुलकार अवलोकन गरेका छन् । अध्यक्षसहित उपाध्यक्ष, सचिवसम्मका नेताहरु केबुलकार चढेका थिए ।

पार्टीका अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले पर्यटन क्षेत्रको विकासका लागि एकीकृत योजना आवश्यक रहेको बताएका छन् । चन्द्रागिरीमा केबुलकार चढेपछि आयोजित कार्यक्रममा अध्यक्ष ओलीले भने– पर्यटन क्षेत्रको विकासका लागि बाटो, विद्युत र सञ्चारसहितको एकीकृत योजना आवश्यक छ ।

पार्टीका नेताहरुसहित चन्द्रागिरी पुगेका अध्यक्ष ओलीले सबैखाले लगानिबाट राष्ट्र निर्माणमा योगदान पुुग्छ भन्ने हुँदैन तर चन्द्रागिरीमा केबुलकार सञ्चालनमा गरिएको लगानिबाट राष्ट्र निर्माणमा योगदान पुग्ने बताए ।

अध्यक्ष ओलीले अहिलेको सरकारले चन्द्रागिरीजस्ता पर्यटकीय क्षेत्रको विकासमा ध्यान नदिए पनि व्यबसायीहरुलाई नआत्तिन आग्रह गरे । उनले सरकारलाई विकासमा ध्यान दिन आग्रह गरे । यो सरकारले विकास नगरे विकासमा ध्यान दिने सरकार छिट्टै आउँछ अध्यक्ष ओलीले भनेको प्रेस संयोजक चेतन अधिकारीले बताए ।

cabel car1

कार्यक्रममा व्यबसायी चन्द्र ढकालले चन्द्रागिरीमा विद्युतको डेडिकेटेड लाइन आवश्यक भएकोमा अध्यक्ष ओलीको ध्यानाकर्षण गराएका थिए । नेकपा एमाले पर्यटन इलाका कमिटीले आयोजना गरेको सो कार्यक्रममा अध्यक्ष ओलीले चन्द्रागिरी हिल्स लिमिटेडका अध्यक्ष चन्द्र ढकाललाई सम्मान गरेका थिए ।

अध्यक्ष ओलीसँगै वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम, भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, प्रदीप ज्ञवाली लगायतका नेताहरु चन्द्रागिरी पुगेको अध्यक्षका प्रेस संयोजक अधिकारीले बताए ।

तपाईको प्रतिक्रिया