भारत भ्रमणको एजेण्डाबारे महतोले प्रधानमन्त्रीलाई दिए सुझाव


_dsc1150-1

काठमाडौं, भाद्र २४ गते । नेपाल सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटगरी मधेशी युवाहरुको लागि ‘स्किल डेभलप्मेन्ट प्रोग्राम’ समावेश गर्न, तराई–मधेश हुलाकी राजमार्ग, द्रुतमार्ग, निजगढ अन्तर्राष्ट्रिय बिमानस्थल, पूर्व पश्चिम रेलमार्ग लगायतका राष्ट्रिय महत्वका योजनाहरु कार्यान्वयन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनु भएको छ ।

शुक्रबार प्रधानमन्त्री प्रचण्डसँग भेटगरी अध्यक्ष महतोले ज्ञापनपत्र मार्फत् सो ध्यानाकर्षण गराउनुभएको हो । भारत भ्रमणको क्रममा सामेल गर्ने एजेण्डाको विषयमा ज्ञापनपत्र बुझाउँदै उहाँले प्रधानमन्त्री प्रचण्डसँग सो आग्रह गर्नुभयो ।

ज्ञापनपत्रमा महतोले नेपाल–भारतबीच चिसिएको राजनीतिक र कुटनीतिक सम्बन्धलाई सुधार गर्न, आर्थिक, सामाजिक, शैक्षिक रुपले पछाडि पारिएका भेटमा प्रधानमन्त्रीले ज्ञापनपत्र बुझ्दै सरकारले जनता र राष्ट्रको हितमा दिने सुझावलाई गम्भीरतापूर्वक लिएर कार्यान्वयन गर्ने पक्षमा रहेको बताउनुभएको सो सदलले जनाएको छ ।

सो अवसरमा प्रधानमन्त्रबी प्रचण्डले दुई देशीय हित र सम्बन्धमा आफ्नो भ्रमण केन्द्रित रहने जानकारी गराउनुभयो ।

तपाईको प्रतिक्रिया