थारु पत्रकारको भेला सौराहामा, पत्रकार र थारु सवालमा छलफल


tja1

चित्तवन, भाद्र २५ गते । उपत्यकासहित ११ जिल्लाका पचास बढी पत्रकारको राष्ट्रिय भेला शुक्रबारबाट पर्यटकीयनगरी चित्तवनको सौराहामा शुरुभएको छ । भेलामा थारु पत्रकारको हकहितसहित थारु सवाल र आगामी रणनीतिका विषयमा छलफल शुरुभएको छ ।

देश संघीय संरचनामा गएपछि थारु पत्रकारको सवाल, संघलाई संघीय संरचनाअनुरुप कसरी अगाडि बढाउने, थारु पत्रकारको क्षमता अभिबृद्धिसँगै मेनस्ट्रिम मिडियामा सहभागीता गराउने विषयमा समेत भेलामा छलफल हुनेछ । खासगरी पछिल्लो थारुको मुद्दा र नयाँ संविधानको कार्यान्वयन तथा संशोधनका मुद्दामा समेत चर्चा हुने संघ चित्तवन शाखाका अध्यक्ष कारी महतोले बताउनुभयो ।

छलफलका लागि थारु नेता तथा नागरिक समाजवादी पार्टीका अध्यक्ष राजकुमार लेखी शुक्रबार नै चित्तवनको सौराहामा पुग्नुभएको थियो । पत्रकारसँगको अन्तरक्रियापछि पार्टीको कार्यक्रम भन्दै अध्यक्ष थारु शुक्रबार राती नै सप्तरी लाग्नुभएको छ ।

अन्तरक्रियामा नेता लेखीले थारुको पछिल्लो समय आन्दोलन तितरवितर भएकोमा दुःख व्यक्त गर्दै थारुलाई जोड्न भेलाले भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । थारुलाई एकतावद्ध बनाउनमा पनि थारु पत्रकारको भूमिका महत्वपूर्ण रहने भन्दै उहाँले त्यसकालागि पहल गर्न आग्रह गर्नुभयो ।

थारु कल्याणकारिणीसभामाको नेतृत्वमा पछिल्लो समय थरुहट थारुवान संयुक्त संघर्ष समितिको आन्दोलन जारी रहेपनि टीकापुर घटनापछि करिब मत्थर भएको आन्दोलनलाई संविधान कार्यान्वयन र संशोधन नहुँदासम्म कायम राख्नुपर्ने उहाँले धारणा राख्नुभयो । केही थारु नेताको व्यक्तिगत स्वार्थका कारण थारु आन्दोलन शिथिल भएको भन्दै नेता लेखीले आफ्नो पार्टी सबैलाई एक ठाउँमा ल्याउनेगरी तराईमा अभियान शुरु गरेको बताउनुभयो ।

शनिबार विहान ८ बजेबाट शुरुभएको पत्रकारको भेलाले थारु पत्रकारको आगामी योजना, रणनीति र लिनुपर्ने पहलका विषयमा छलफल शुरुगरेको छ ।

शनिबार विहान ८ बजेबाट शुरुभएको पत्रकारको भेलाले थारु पत्रकारको आगामी योजना, रणनीति र लिनुपर्ने पहलका विषयमा छलफल शुरुगरेको छ । थारु पत्रकार संघलाई अझ थारुबहुल जिल्लामा विस्तार गर्ने र विधानलाई संघीय संरचनाअनुरुप अगाडि बढाउने विषयमा समेत भेलाले छलफल थालेको छ ।

भेलामा थारु पत्रकारको वर्तमान अवस्था, समस्या, सुधार्नुपर्ने पक्ष र संघले लिनुपर्ने पहलकदमीका विषयमा समेत गम्भीर छलफल हुने संघका महासचिव मदन चौधरीले बताउनुभयो । भेलामा सहभागी हुन केन्द्रीय सल्लाहकार तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य लक्की चौधरी, संघका केन्द्रीय अध्यक्ष कृष्णराज सर्वहारीसहित केन्द्रीय कमिटी, कान्तिपुरकर्मी पत्रकार गणेश चौधरीसहित ११ जिल्लाका पत्रकार शुक्रबार साँझ नै चित्तवनको सौराहा पुगिसक्नुभएको छ ।

तपाईको प्रतिक्रिया