चित्तवन, भाद्र २६ गते । थारु पत्रकार संघ नेपाल चितवन शाखको अध्यक्षमा पुनः कारी महतो चौधरी निर्वाचित हुनुभएको छ । चित्तवनको सौराहामा शनिबार आयोजित अधिवेशनले महतोलाई अध्यक्षमा सात सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
संघको उपाध्यक्षमा क्रमशः सुमित्रा महतो, सचिवमा मनिराम थनेत, सह–सचिवमा चञ्चल चौधरी र कोषाध्यक्षमा संजय चौधरी चयन हुनु भएको छ । यस्तै सदस्यमा रिता चौधरी र राजु चौधरी (बी) चयन हुनुभएको छ ।
त्यस्तै, अधिवेशनले पाँच सदस्यीय सल्लाहकार समिति चयन गरेको छ । जसमा राजु चौधरी (ए), सन्तकुमार चौधरी, चन्द्रकुमारी चौधरी, सुकदेव चौधरी र दिपेश चौधरी रहनुभएको छ । अधिवेशन थारु पत्रकार संघ नेपालका केन्द्रीय टोलीको रोहबरमा नयाँ कार्यसमिति चयन गरेको हो ।
सङ्हाति विमोचित
सो अवसरमा पत्रकार कारी महतोले प्रकाशन सम्पादन गरेको थारु पत्रिका सङ्हाति विमोचित भएको छ । सो पत्रिकाको विमोचन प्रमुख अतिथि डा. मनोजकुमार चौधरी, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य लक्की चौधरी, थारु पत्रकार संघ नेपालका अध्यक्ष कृष्णराज सर्वहारी र प्रकाशक महतो स्वयम्ले कार्यक्रममा विमोचन गर्नुभयो ।
दुई महिनामा प्रकाशन हुनेगरी विधिवत दर्ता भएर प्रकाशनारम्भ गरेको द्वैमासिक पत्रिका सङ्हातिलाई आगामी दिनमा मासिकमा रुपान्तरण गरी प्रकाशन गर्ने योजना रहेको प्रकाशक तथा सम्पादक महतोले सो अवसरमा प्रतिवद्धता जनाउनुभयो ।