कैलालीका पत्रकार गणेश चौधरी र संघको दाङ शाखा पुरस्कृत


purasakar

चित्तवन, भाद्र २६ गते । थारु पत्रकार संघ नेपालले ‘उत्कृष्ट थारु पत्रकारिता पुरस्कार २०७२’ कान्तिपुर दैनिकका कैलाली समाचारदाता गणेश चौधरीलाई प्रदान गरेको छ। त्यसैगरी उत्कृष्ट शाखाकोरुपमा संघले दाङ शाखालाई सम्मान गरेको छ ।

चितवनको सौराहामा आयोजित पाँचौं वार्षिक साधारण सभा तथा राष्ट्रिय भेलामा पत्रकार चौधरीलाई ११ हजार एक सय ११ रुपियाँ नगद राशीको सो पुरस्कार प्रदान गरेको हो।

त्यसैगरी थारु पत्रकार संघ नेपालले उत्कृष्ट काम गरेको भन्दै दाङ शाखालाई चित्तवनको सौराहामा सम्मानित गरेको छ । संघको केन्द्रसहित ११ शाखा मध्ये दाङले सर्वोत्कृष्ट काम गरेको मूल्यांकन संघ केन्द्रले गरेको छ । शाखालाई प्रमाणपत्रसहित खादा ओढाएर प्रमुख अतिथि डा. मनोज चौधरी तथा विशिष्ट अतिथि लक्की चौधरीले सम्मानित गर्नुभयो ।

पत्रकारिताको माध्यमबाट थारुका समसमायिक मुद्दा र गत भाद्र ७ गतेपछि टीकापुर घटनापछि उब्जेको असहज परिस्थितिमा चौधरीले निरन्तर थारुका मुद्दा उठाइरहेको मूल्यांकन गर्दै पुरस्कार प्रदान गर्ने निर्णय भएको संघले जनाएको छ ।

sam_6043

पुरस्कार ग्रहण गर्दै पत्रकार चौधरीले सम्मानित भएपछि थप जिम्मेवारी बढेको बताउनुभयो । ‘यो पुरस्कार दिएर मलाई थप जिम्मेवारी प्रदान गर्नुभएको छ। यो जिम्मेवारी मैले राम्रोसँग बहन गर्ने प्रतिबद्धता जाहेर गर्छु’ चौधरीले भन्नुभयो ।

सो पुरस्कार संघ नेपाल र सतौन स्मृति ट्रस्टको पहलमा स्थापना गरिएको हो। उक्त ट्रस्ट नेपाली कांग्रेसका सांसद एवं नाइटिङ्गेल फाउन्डेसनका सञ्चालक तेजुलाल चौधरीले आफ्नो बुबाको नाममा स्थापना गरेका छन्।

सोही ट्रस्टबाट सांसद चौधरीले वर्षेनि ११ हजार १ य ११ रुपैयाँको पुरस्कार घोषणा गरेका छन् । संघको वार्षिक साधारणसभामा हरेक वर्ष सो पुरस्कार उत्कृष्ट काम गर्ने थारु पत्रकारलाई प्रदान गर्ने संघले जनाएको छ ।

तपाईको प्रतिक्रिया