नेपालको हितविपरित काम नगर्न प्रचण्डलाई एमालेको ध्यानाकर्षणपत्र


pm-oli

काठमाडौं, भाद्र २६ गते । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भारत भ्रमणका क्रममा राष्ट्रियहित विपरितका कुनै सम्झौता नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएको छ।

एमालेका शीर्ष नेताहरुले आइतबार बिहान सिंहदरबार पुगेर ६ बुँदे पत्र बुझाइ राष्ट्रियहित, मुलुकको सार्वभौमसत्ता तथा अखण्डतामा आँच आउने किसिमका सम्झौता नगर्न प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएका हुन्।

नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल लगायतका नेताहरुसँग प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय पुगेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको अघिल्लो सरकारका पालामा भएका सहमति र सम्झौतालाई नेपालको हितअनुकुल हुनेगरी अघि बढाउने विषय भारतसामू राख्न प्रधानमन्त्री दाहालसँग आग्रह गर्नुभयो ।

सन १९५० को सन्धी र त्यस सम्बन्धमा भएका पत्राचारहरुको पुनरावलोकन र अद्यावधिक गर्ने तथा दशगजा क्षेत्रमा अन्तर्राष्ट्रिय कानून विपरित बनाइएका संरचना हटाइनुपर्ने विषयमा स्पष्ट विचार राख्न पनि एमालेले सुझाव दिको छ ।

सन १९५० को सन्धी र त्यस सम्बन्धमा भएका पत्राचारहरुको पुनरावलोकन र अद्यावधिक गर्ने तथा दशगजा क्षेत्रमा अन्तर्राष्ट्रिय कानून विपरित बनाइएका संरचना हटाइनुपर्ने विषयमा स्पष्ट विचार राख्न पनि एमालेले सुझाव दिको छ ।

अध्यक्ष ओलीले भ्रमण पहिले प्रमुख राजनीतिक दलका शीर्ष नेतासँग बैठक राखेर सुझाव लिने काम नगरिएकाकारण आफैं पत्र बाकेर उपस्थित भएको बताएको एमाले नेता अग्नीप्रसाद खरेलले जानकारी दिनुभयो ।

एमालेले प्रधानमन्त्री दाहाललाई बुझाएको पत्रमा नेपालको भुभाग जलमग्न हुने समस्या समाधान गर्ने नेपालको आन्तरिक मामिलामा अनावश्यकरुपमा सरोकार र चासो बढाउने काम नगर्ने लगायतका विषयमा भारतीय नेतृत्वसँग स्पष्टरुपमा कुरा राख्न सुझाव दिइएको छ।

तपाईको प्रतिक्रिया