सिन्धुपाल्चोक जिल्लामा लायन्स क्लवको औषधि वितरण कार्यक्रम


i

काठमाडौं, भाद्र २६ गते । लायन्स क्लब अफ बालाजु, लायन्स क्लव अन्तर्राष्ट्रिय डिष्ट्रि«क्ट ३२५ बि १ अन्तर्गतका बिभिन्न क्लबहरुले गतवर्षको बिनाशकारी भुकम्पबाट अति प्रभावितमध्येको जिल्ला सिन्धुपाल्चोकमा औषधि वितरण गरेको छ ।

सो जिल्लाको ठूलोपाखार ४ स्थित श्री ककलिङ्ग हरिसिद्धी उच्च मा.वि.प्राङ्गणमा बृहत स्वास्थ्य शिविर (निशुल्क स्वास्थ्य जांच र औषधि वितरण) कार्यक्रम सम्पन्न भएको हो । लायन्स क्लव अन्तर्राष्ट्रिय डिष्ट्रि«क्ट ३२५ बि १ का पूर्व क्याविनेट सेक्रेटरी मणिश्री रत्न बज्राचार्यले संयोजन गर्नुभएको थियो । कार्यक्रममा पाँचसय भुकम्प प्रभावितले सेवा लिएको आयोजकले बताएको छ ।

ठूलोपाखार लगायत छिमेकी गा.वि.स.हरुका स्थानियबासीहरुसमेत गरी कूल ५०० भन्दा बढी व्यक्तिहरुको बरिष्ठ युरोलोजिष्ट किड्नी प्रत्यारोपण विशेषज्ञ डा.नारायण भुषाल नेतृत्वको चिकित्सक, नर्स तथा प्राविधिकसमेतको टोलीले स्वास्थ्य जाँचगरेको थियो ।

ठूलोपाखार लगायत छिमेकी गा.वि.स.हरुका स्थानियबासीहरुसमेत गरी कूल ५०० भन्दा बढी व्यक्तिहरुको बरिष्ठ युरोलोजिष्ट किड्नी प्रत्यारोपण विशेषज्ञ डा.नारायण भुषाल नेतृत्वको चिकित्सक, नर्स तथा प्राविधिकसमेतको टोलीले स्वास्थ्य जाँचगरेको थियो ।

सो अवसरमा आवश्यकता अनुसारको औषधिसमेत बितरण गरिएको आयोजकमध्येका लायन्स क्लब अफ बालाजुका अध्यक्ष राजु खड्काले बताउनुभयो । शिविरमा आउने विरामीको संख्या धेरै भएकाले छिट्टै अर्को स्वास्थ्यशिविर सञ्चालन गर्ने खड्काले बताउनुभयो । सो अवसरमा पाँचजना विशेषज्ञ र १५ जनाको स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्यसेवा प्रदान दिएको थियो ।

शिविरमा आउने महिलामा नाक, कान, आँखा र पाठेघरको समस्या देखिएको बरिष्ठ युरोलोजिस्ट डा. नारायण भुषालले जानकारी दिनुभयो । त्यस्तै पुरुषमा नाक, कान, आँखाको समस्या देखिएको उहाँले बताउनुभयो । स्वास्थ्य शिविरबाट सेवा लिएका धेरैजसोमा आँखाको समस्या बढी भेटिएको डा. भुषालले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया