नेपाल पत्रकार महासंघको पदाधिकारी र सदस्यमा थारु कोटाको माग


sam_6030

चित्तवन, भाद्र २६ गते । थारु पत्रकार संघ नेपालको पाँचौं वार्षिक साधारण सभा तथा राष्ट्रिय भेलाले नेपाल पत्रकार महासंघको विधानमै पदाधिकारी र सदस्यमा छुट्टै थारु कोटाको माग गरेको छ ।

नयाँ संविधान २०७२ ले थारुलाई अलग क्लष्टरकोरुपमा पहिचान गरेपछि राज्यको हरेक निकायमा थारुको अलग कोटाको मागसँगै संघले पत्रकारको छाता संगठन महासंघमा पनि सो माग गरेको हो । त्यसकालागि संघले महासंघको आगामी राष्ट्रियभेला अगावै महासंघको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

संघले नौंबुँदे सौराहा घोषणापत्र जारी गर्दै त्यस्तो माग गरेको हो । सो मागसँगै भेलाले टीकापुरमा गत भाद्र ८ गते जलाइएको फूलबारी एफ.एम. सञ्चालकलाई उचित क्षतिपूर्ति प्रदान गरी एफ.एम. पुनः सञ्चालनको माग गरेको छ । त्यसकालागि राज्यले उचित वातावरण निर्माण गर्नुपर्ने संघको माग छ ।

भेलाले टीकापुरमा गत भाद्र ८ गते जलाइएको फूलबारी एफ.एम. सञ्चालकलाई उचित क्षतिपूर्ति प्रदान गरी एफ.एम. पुनः सञ्चालनको माग गरेको छ ।

भेलाले सरकारले साउन १ गतेबाट लागु गरेको न्यूनतम पारिश्रमिक सबै सञ्चारमाध्यमले कार्यान्वयन गर्नुपर्ने माग गर्दै त्यसको अनुगमन सरकार स्वयम्ले गर्नुपर्ने ठहर गरेको छ । साथै सञ्चारनीति २०७३ को कार्यान्वयनको पनि माग संघले गरेको छ ।

यस्तो छः संघको सौराहा घोषणापत्र
१. नेपालको संविधान २०७२ मा थारु समुदायलाई छुट्टै क्लस्टरको व्यवस्था गरिएकाले सोहीअनुसार नेपाल पत्रकार महासंघको केन्द्रीय पदाधिकारी र सदस्यमा थारु कोटाको छुट्टै व्यवस्था गरियोस् ।

२. नेपाल सरकारले ल्याएको सञ्चार नीति २०७३ छिटोभन्दा छिटो लागू गरियोस् ।

३. थारु समुदायको मुद्दा उठानमा राष्ट्रिय, क्षेत्रीय तथा स्थानीय सञ्चारमाध्यमले उचित स्थान दिएको नदेखिएकाले उचित स्थान दिइयोस् ।

४. नेपालको संविधान २०७२ सँगै नेपाल संघीय प्रदेशमा जाने निश्चित भएको छ । सरकारले ल्याएको सात प्रदेशको खाकामा नेपालका मूल आदिवासी थारुहरुको कलस्टर छुट्याइएको छ । तसर्थ थारुबहुल क्षेत्रको कलस्टर नबिगारी प्रदेशको पुनःसंरचना गरियोस् ।

tja-vela

५. पत्रकारिता पेसामा आबद्ध महिला पत्रकारलाई आउने अवसरमा गैरथारु महिला पत्रकारलेमात्र अवसर लिएको देखिएकाले महिलाको कोटामा आदिबासी जनजाति, दलित, पछाडि परेका वर्गको महिलाको समानुपातिक प्रतिनिधित्वको सुनिश्चित गरियोस् ।

६. २०७२ भाद्र ७ गतेको टीकापुर घटनामा पक्राउ परेका निर्दोष थारुलाई तत्काल रिहाई गरियोस् । घटनाको सत्यतथ्य छानबिन गरी निर्दोषलाई रिहाई र ८ गतेको थारुको घर जलाउनेलाई तत्काल पक्राउ गरी कानुनअनुसारको सजाय दिई पीडितलाई उचित क्षतिपूर्ति दिइयोस् । टीकापुरका पत्रकार रेशम चौधरीको घरसहित फूलबारी एफ.एम. जलाइएको छ, त्यसको उचित क्षतिपूर्ति प्रदान गरियोस् । लिजमा लिएर एफ.एम. सञ्चालनकर्ता पत्रकार योेगेश रावलसहित अन्य पीडित पत्रकारलाई क्षतिपूर्तिको व्यवस्था गरियोस् । साथै, एफ.एम. पुनः सञ्चालन हुने वातावरण तत्काल बनाइयोस् ।

८. श्रमजीबी पत्रकारको न्यूनतम पारिश्रमिक सरकारले रातो कितावमा प्रकाशन गरी साउन १ गतेदेखि कार्यान्वयनको घोषणा गरिसकेकाले सरकारी तथा निजी सञ्चारमाध्यम सञ्चालकबाट श्रमजीबी पत्रकारलाई तोकिए अनुसारको पारिश्रमिक दिइयोस् ।

९. सौराहामा संघको पाँचौ साधारणसभा र भेला गर्ने वातावरण मिलाउने चित्तवन शाखा,स्वस्तिक होटलका सञ्चालक सुरेन्द्र चौधरी, ओएसिस मेडिकल कलेजका सञ्चालक डा. मनोजकुमार चौधरीसहित भेला सम्पन्न गर्नमा सहयोग गर्ने सबैलाई भेलाले हार्दिक धन्यवाद व्यक्त गर्दछ ।

तपाईको प्रतिक्रिया