करिब पाँच महिनापछि लेखी नेतृत्वको दल निर्वाचन आयोगमा दर्ता


sam_3354

काठमाडौं, भाद्र २७ गते । नेता राजकुमार लेखी नेतृत्वको नागरिक समाजवादी पार्टीलाई निर्वाचन आयोगले आधिकारिता प्रदान गरेको छ । सो दलले दर्ताकालागि आयोगमा निवेदन दिएपछि भाद्र ७ गते आयोगले दर्ताको आधिकारिक चिठी प्रदान गरेको महासचिव राज थारुले बताउनुभयो ।

गत चैत २७ गते काठमाडौंबाट दलकोरुपमा घोषणा गरिएको नागरिक समाजवादी पार्टी अहिले संगठन विस्तारको क्रममा जिल्लामा केन्द्रीत रहेको सो दलले बताएको छ । नेता लेखीका अनुसार तराई पहाडमा समेत दललाई विस्तार गरिनेछ । यद्यपि तराईका अधिकांश जिल्लामा मात्रै अहिले सो दल केन्द्रीत रहेको देखिन्छ ।

पार्टी स्थापना भएको दिनको स्मरण गर्दै सो दलले सोमबार सिराहाको लहानमा पत्रकार सम्मेलन गरेको महासचिव थारुले जानकारी दिनुभयो । सम्मेलनमा पार्टीको गतिविधि, आगामी योजना तथा भएको प्रगतिका बारेमा अध्यक्ष लेखीले जानकारी गराउनुभएको थारुले बताउनुभयो ।

पूर्वको मोरङ, सिराहा, रौतहटसहित पश्चिम नेपालको कञ्चनपुर, कैलाली, दाङसम्म फैलिएको सो पार्टी अहिले तराईको १८ जिल्लामा शाखा गठन गरिसकेको महासचिव थारुले बताउनुभयो । २७ सदस्यीय केन्द्रीय कमिटी घोषणा भएको सो दलमा अहिले १०९ सदस्य पुगेको छ ।

पार्टी स्थापना भएको दिनको स्मरण गर्दै सो दलले सोमबार सिराहाको लहानमा पत्रकार सम्मेलन गरेको महासचिव थारुले जानकारी दिनुभयो । सम्मेलनमा पार्टीको गतिविधि, आगामी योजना तथा भएको प्रगतिका बारेमा अध्यक्ष लेखीले जानकारी गराउनुभएको थारुले बताउनुभयो ।

महासचिव थारुका अनुसार असोज ८ गते विराटनगरमा अगुवा कार्यकर्ता भेला, २९ र ३० गते रौतहट चन्द्रनिगाहपुरमा केन्द्रीय प्रशिक्षण हुनेछ ।

dal-darta

तपाईको प्रतिक्रिया