असोज ३ लाई थरुहट संघर्ष समितिले कालो दिवसकोरुपमा मनाउने


photo-5

राम दहित
धनगढी, असोज १ गते । जारी संविधानमा अधिकार सुनिश्चिता र संविधान संशोधनमा दबाव दिनका लागि संघीय गठबन्धन तथा थरुहट÷थारुवान संयूक्त संघर्ष समिति, रानाथारु संयूक्त संघर्ष समितिले असोज ३ गतेलाई कालो दिनका रुपमा मनाउने भएका छन् ।

असोज ३ गते संविधान घोषणा भएको दिनलाई हर्षोल्लासकारुपमा सरकारले मनाउने भनेपनि संघीय गठबन्धनले जारीभएको संविधानमा आफूहरुको अधिकार सुनिश्चित नभएको भन्दै धनगढीमा पत्रकार सम्मेलनमार्फत कालो दिनको रुपमा मनाउने बताएका हुन् ।

थरुहट थारुवान संयूक्त संघर्ष समिति प्रदेशिक संयोजक (कञ्चनपुर–चितवन) होरिलाल चौधरी बहुसंख्यक नेपाली जनताको अधिकार नसमेटिकन जारीभएको नयाँ संविधानलाई संशोधनका लागि र छुटेको अधिकार पुनरलेखनमा दबाव दिनकालागि असोज ३ गतेलाई कालो दिनको रुपमा मनाउने बताउनुभयो ।

संघीय गठबन्धन तथा थरुहट÷थारुवान संयूक्त संघर्ष समिति कैलालीका प्रवक्ता माधव चौधरी पहिचानसहितको अधिकार नयाँ संविधानमा सुनिश्चिताका लागि उत्पीडित वर्ग, क्षेत्र, लिड्ड संघर्षरत रहेको बताए ।

प्रादेशिक संयोजक (कञ्चनपुर–चितवन) चौधरी संविधान जारीभएको एकवर्ष बितेपनि अहिलेसम्म केही पनि गर्न नसकेको बताउनुभयो । संघीय गठबन्धन तथा थरुहट÷थारुवान संयूक्त संघर्ष समिति कैलालीका प्रवक्ता माधव चौधरी पहिचानसहितको अधिकार नयाँ संविधानमा सुनिश्चिताका लागि उत्पीडित वर्ग, क्षेत्र, लिड्ड संघर्षरत रहेको बताए ।

एक वर्ष अघि कैलालीको टीकापुर घटना पहिचान र अधिकारका लागि भएको क्रममा घट्न गएकोले यसलाइ राजनितिक घटनाको रुपमा लिनुपर्ने बताए ।

घोषित कार्यक्रमअनुसार असोज १ गतेदेखि ३ गतेसम्म घर, सार्वजनिक स्थान, कर कार्यालयमा कालो झण्डा राख्ने, ३ गते धनगढीलगायत जिल्लाको विभिन्न ठाउँमा विरोध प्रदर्शनका साथै नेपाली जनता तथा पेशागत कर्मचारी व्यापारीहरुलाई हातमा कालोपट्टी बाँधेर विरोध गर्ने समितिले जनाएको छ ।

संघीय गठबन्धन तथा थरुहट थारुवान संयूक्त संघर्ष समितिका कार्यबाहक संयोजक कृष्णकुमार चौधरी र रानाथारु संयूक्त संघर्ष समिति कैलालीका संयोजक मालामती रानाथारुले बिरोधका कार्यक्रमबारे जानकारी गराए ।

तपाईको प्रतिक्रिया