संविधान दिवसमा सजाइयो संसद भवन, थारु मधेसीले विरोध गर्ने


2

काठमाडौं, असोज २ गते । संविधान जारी भएको दिनको स्मरणमा संसद सचिवालयले आइतबार संसद सचिवालयले नयाँ बानेश्वरमा विशेष कार्यक्रम आयोजना गरेको छ। संसद सचिवालयले कार्यक्रमका लागि भनेर व्यवस्थापिका संसद भवनलाई सजिसजाउ पारेको हो ।

कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख ओनसरी घर्ती र प्रधानन्यायाधीश सुशीला कार्कीको उपस्थिति रहने संसद सचिवालयका सहप्रवक्ता सुदर्शन कुइँकेलले जानकारी दिनुभयो। उपराष्ट्रपति नन्दबहादुर पुन विदेश भ्रमणमा रहेकोले उपस्थित नहुने उहाँले जानकारी दिनुभयो ।

कार्यक्रमका लागि सचिवालयले संवैधानिक निकाय तथा कुटनीतिक नियोगलाईसमेत निमन्त्रणा पठाएको थियो । सचिवायलयले कार्यक्रमका लागि २५ सय जनालाई निम्ता कार्ड दिएको कुइँकेलले बताउनुभयो। सांसदहरु र पूर्व सांसदलाई पनि सचिवालयले निम्तो दिएको छ।

कार्यक्रम आइतबार अपरान्ह चार बजेदेखि सुरू भएको छ । चियापान कार्यक्रम ढिलोमा ६ बजेसम्म सकिने सचिवालयले जनाएको छ।
विशिष्ट व्यक्तिहरु बाहेक अन्यका लागि संसद भवन भित्र पार्किङको व्यवस्था छैन।

संविधान दिवसको दिन भोलि असोज ३ गते सरकारले विशेष कार्यक्रम गर्ने भएपछि सचिवालयले आजै कार्यक्रमको आयोजना गरेको हो ।
उता थारु र मधेसी समुदायले संविधानमा आफूहरुको हक अधिकार सुनिश्चित नगरिएको भन्दै संविधान दिवसलाई कालो दिनकोरुपमा मनाउने बताएका छन् । थारु समुदायले भोलि ३ गते नयाँ बानेश्वरदेखि विजुलीबजारसम्म भेला भएर कालोदिवस मनाउने बताएको छ । त्यस्तै मधेसवादी दलहरुको पनि सो अवसरमा अलग कार्यक्रम आयोजना गर्ने भएका छन् ।

हेर्नुहोस् संसद भवन नयाँ बानेश्वरका तस्बिरहरू

3

6

4

6

1

तपाईको प्रतिक्रिया