खै कसले पुछिदेला र ! जनयुद्धका शहिद परिवारको आँसु ?


brother

कारी महतो थारु
चितवन, असोज ३ गते । जनयुद्धका शहिद मनोज चौधरीको परिवार अत्यन्तै बिचल्लीमा छ । शहिद मनोजका आमा जुठनी थरुनी विगत १० महिनादेखि विरामी भई थलापरेकि छिन् । ६२ वर्षिया जुठनीलाई रोगले च्यापेपछि उपचारका लागि भदौ १६ गते चितवन मेडिकलकलेज भरतपुरमा भर्ना गरिएको थियो । तर सापटी लिएर गएको पैसा सकिएपछि बिचल्लीमा उहाँ विचल्लीमा पर्नुभयो ।

अस्पतालले थप चेकजाँचका लागि दश हजार रुपैयाँ लाग्ने बताएपछि पैसा जोहोगर्न नसकी विरामीलाई भदौ २२ गते घर ल्याइएको छ । उपचार गर्न लिएर गएका छोरा यज्ञनन्द चौधरीले भने “मसँग १० रुपैयाँ पनि छैन, दश हजार कहाँबाट ल्याउने ?” उनले आफूसँग पैसा नभएको बताएपछि चितवन मेडिकलकलेजले क्यान्सर अस्पतालमा सिफरिस गरी पठाइदिएको तर क्यान्सर हस्पिटलमा पनि पहिला पैसा तिर्नुपर्ने र एकहप्ता पछिमात्र चेकजाँचको पालोआउने बताए ।

उनी उच्च मधुमेहको कारणले दुवै खुट्टा सुन्निएर हिंड्न सक्दैन । आँखाको ज्योति पनि विस्तारै हराउँदै गएको छ । उनलाई उच्चमधुमेह भएको कुरा चारमहिना अगाडि नै थाहा भएको हो ।

अहिले आमा उपचार अभावमा राप्ती नगरपालिका वडा नं. ६ (साविक भण्डारा गाविस वडा नं. ३, लौगाईं) स्थित आफ्नै घरमा मृत्युलाई कुरेर बसेकी छिन् ।

विरामी आमाको उपचारकाक्रममा रहेका ४८ वर्षीय जेठो छोरा यज्ञनन्द चौधरी (शहिद मनोजका दाई) आफूपनि विरामी छन् । उनी उच्च मधुमेहको कारणले दुवै खुट्टा सुन्निएर हिंड्न सक्दैन । आँखाको ज्योति पनि विस्तारै हराउँदै गएको छ । उनलाई उच्चमधुमेह भएको कुरा चारमहिना अगाडि नै थाहा भएको हो । तर आर्थिक अभावकाकारण औषधि उपचार गर्न सकेका छैनन् । “ट्रेक्टर चलाउने काम गर्दैआएको थिएँ तर अहिले केहि पनि गर्न सक्दिँन” उनले भने ।

यज्ञ नन्दका छोरा सुनिल चौधरी पढाई छाडेर परिवारको छाकटार्न घर बनाउने लेबर गर्नजान्छ । परिवारको गुजारा उनैले चलाउँछ । घरायसी तनाबकाकारण पढाई बिग्रेपछि उनी एसएलसीमा फेल भए । बिहान बेलुकाको छाक टार्न उनी सधैं लेबर काम गर्न गएपछि अर्को पटक एसएलसी परीक्षामा सामेल हुन सकेनन् ।

आफूहरुसँग भएको केहि पैसाले घर बनाउन थालेपनि पैसा नपुगी त्यो घर पनि वर्षौदेखि अधुरै रहेको छ । निर्माणाधिन घरको एकापट्टि पर्खाल लगाए पनि अर्को साइड उदाङ्गै छ । बनाएको कोठाको झ्यालमा प्लाष्टिकले छोपेका छन् ।

आफूहरुसँग भएको केहि पैसाले घर बनाउन थालेपनि पैसा नपुगी त्यो घर पनि वर्षौदेखि अधुरै रहेको छ । निर्माणाधिन घरको एकापट्टि पर्खाल लगाए पनि अर्को साइड उदाङ्गै    छ । बनाएको कोठाको झ्यालमा प्लाष्टिकले छोपेका छन् । जस्ताको छाना लगाए पनि पर्खाल लगाउनै बाँकी छ । त्यहि निर्माणाधिन घरमै चारजनाको परिवार बस्दैआएका छन् ।

यस्तो अवस्थामा पनि पीडित परिवारलाई सहयोग गर्ने आश्वासन समेत कसैले दिएको छैन । पीडित यज्ञ नन्द चौधरीले आँसु पुछ्दै पीडा सुनाएँ । “द्वन्दकालमा हामी पुरै परिवार माओवादीलाई सहयोग ग¥यौं तर हामीलाई दुःख पर्दा कसैले सहयोग गरेनन् ।” चारवटै माओवादीलाई औल्याउँदै उनले भने ।

कतैबाट पनि सहयोग नपाएपछि पीडितका आफन्तहरुले सर्वसाधारण जनताहरुसँग चन्दा उठाएर भएपनि उपचार गर्ने अवस्था आएको बताएका छन् । आफन्तहरुले छरछिमेकको केही सहयोग लिएर विरामीलाई भदौ ३१ गते क्यान्सर अस्पताल पु¥याएका छन् । विरामीलाई क्यान्सर भएको हुन सक्ने बताइएको छ । देश र जनताको लागि शहिद भएका शहिदको परिवारलाई सहयोगको आवश्यकता परेको छ । शहिद परिवारले सबैको सहयोगको अपेक्षा गरेका छन् ।

मनोज चौधरी २०६१ साल वैशाख ३० गते पूर्वी चितवनको पाख्रीबास काण्डमा दोहोरो भिडन्त हुँदा ज्यान गुमाएका थिए । त्यस भिडन्तमा मनोज चौधरीसहित ५ जना मारिएका थिए । मनोजका भाई सुरेन्द्र चौधरी पनि जनमुक्ति सेनामै थिए । तर सेना समायोजन हुँदा उनले स्वेच्छिक अवकाश लिए । हाल उनी घरजम गरी ट्रेक्टर ड्राइभरको काम गर्दछन् ।

अहिले माओवादी केन्द्रकै नेतृत्वमा सरकार भएपनि पीडितको पीडा सुन्ने कोहिछैन । माओवादीले हरेक कार्यक्रमहरुमा शहिदको सम्झनामा एक मिनेट मौनधारण गर्छ । तर शहिद परिवारको दुःख कसैले सम्झने गरेका छैनन् । शहिदको नाम लिएर सम्मान प्रकट गरेको बताउँछन् । तर शहिद परिवारको आँसु पुछ्न सकेका छैनन् । देश र जनताका लागि जनयुद्धमा शहादत्त प्राप्त गर्नेहरुकै नेताहरु कुर्सीमा छन् ।

नेताहरुकै बन्दुक बोकेर हिड्ने सपुतका आमाहरु मृत्युशैयामा हुँदापनि आमा भनीदिने कोहि छैन । नेताहरुको छातीतर्फ हुत्तिएर आइरहेको तातो गोली रोक्न आफ्नै छाती थाप्ने शहिदका परिवारहरुको आँसु अबिरल बग्दैछ । आखिर खै कसले पुछिदेला र ! शहिद परिवारको आँसु ?

तपाईको प्रतिक्रिया