उपत्यकाका थारुले कालो दिवस मनाए, थरुहट प्रदेश कायम गर्न माग


tks1

काठमाडौं, असोज ३ गते । संविधान जारी भएको दिनको स्मरण गरेर सरकारले देशव्यापी संविधान दिवस मनाइरहेका बेला थरुहट थारुवान संयुक्त संघर्ष समितिले तराईका जिल्लासहित उपत्यकामा पनि सोमबारलाई कालो दिवसकोरुपमा मनाएको छ ।

उपत्यकामा बस्ने थारु समुदायले नयाँ बानेश्वर संसद भवन अगाडि व्यानरसहित विरोधसभा आयोजना गरेका छन् । थरुहट थारुवान संयुक्त संघर्ष समितिको आयोजनामा भएको विरोध सभामा थारुको माग मुद्दालाई सम्बोधन नगरेको नयाँ संविधानलाई स्वीकार गर्न नसक्ने वक्ताहरुले बताएका छन् ।

तराईको भूमिलाई छुट्टै क्लष्टर मानी थरुहट प्रदेशको मुख्य माग राखेर आन्दोलन गरिरहेको संघर्ष समितिले राज्यको सबै तहमा समानुपातिक समावेशी सिद्धान्तअनुरुप सबैको सहभागिता सुनिश्चित गरिनुपर्ने माग राख्दैआएको छ । नयाँ संविधानमा थारुको केही माग सम्बोधन नभएपनि मुख्य माग सम्बोधन नभएको गुनासो थारु अगुवाहरुको छ ।

संघर्ष समितिका केन्द्रीय संयोजक धनीराम चौधरीले सोमबार विज्ञप्ती जारी गर्दै थरुहट भूमिलाई संवैधानिकरुपले सुनिश्चित नहुँदासम्म संविधानको पूर्ण स्वीकार्यता थारुले गर्न नसक्ने बताउनुभएको छ ।

संघर्ष समितिका केन्द्रीय संयोजक धनीराम चौधरीले सोमबार विज्ञप्ती जारी गर्दै थरुहट भूमिलाई संवैधानिकरुपले सुनिश्चित नहुँदासम्म संविधानको पूर्ण स्वीकार्यता थारुले गर्न नसक्ने बताउनुभएको छ । संविधान संशोधन गरेर थरुहट प्रदेशको सुनिश्चित्ता र समानुपातिक समावेशीताका आधारमा थारुको प्रतिनिधित्वको माग उहाँले गर्नुभएको    छ ।

त्यस्तै बानेश्वरमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै थारु कल्याणकारिणीसभाका केन्द्रीय उपाध्यक्ष प्रेमीलाल चौधरीले संविधानमा भएको सकारात्मक व्यवस्थाको थारुले सम्मान गरेपनि मुख्य माग सम्बोधन नभएकोमा संविधानप्रति विरोध रहेको बताउनुभयो । संविधान संशोधन गरेर थरुहट प्रदेशको माग पूरा गर्न उहाँले माग गर्नुभयो ।

कार्यक्रममा सभाका उपत्यका समिति अध्यक्ष सुमन चौधरी, महिला सभाका अध्यक्ष तारा चौधरी, थारु नेताहरु रामस्वागत चौधरी, प्रेमा चौधरी, पशुपति चौधरी लगायतले थारुको माग सम्बोधन नहुँदासम्म संविधान स्वीकार गर्न नसक्ने चेतावनी दिनुभयो ।

तपाईको प्रतिक्रिया