प्रधानमन्त्रीको सचिवालयले भन्यो, ‘रेशमसँग प्रमले हातमात्र मिलाए’


reshan-chaudhary

काठमाडौँ, असोज ४ गते । भारत भ्रमणकाबेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक कार्यक्रममा कैलाली घटनाका एक आरोपित मध्येका रेशम चौधरीसँग भेटेको टिप्पणी हुनथालेपछि उहाँको निजी सचिवालयले आफ्नो ध्यानाकर्षण भएको बताएको छ ।

भारतीय व्यवसायीले आयोजना गरेको सार्वजनिक कार्यक्रममा नचिनिने गरी उपस्थित भएर चौधरीले प्रधानमन्त्रीसँग हात मिलाएका थिए । धानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले भ्रमण अवधिमा प्रधानमन्त्रीको चौधरीसँग भेटघाट गर्ने कुनै कार्यक्रम नरहेको स्पष्ट पार्नुभएको छ ।

उहाँले भन्नुभयो – सार्वजनिक कार्यक्रममा को–को आए, के मनसायले आए भन्ने थाहा नहुने भएकाले यस्तो विषयलाई लिएर टीकाटिप्पणी गर्नु उपयुक्त हुँदैन ।

उहाँले भन्नुभयो – सार्वजनिक कार्यक्रममा को–को आए, के मनसायले आए भन्ने थाहा नहुने भएकाले यस्तो विषयलाई लिएर टीकाटिप्पणी गर्नु उपयुक्त हुँदैन ।

आचार्यकाअनुसार प्रधानमन्त्री दाहालले हात मिलाउनु भएपनि चौधरीसँग कुनै छलफल र मनसायगत कुरा गर्नुभएको थिएन । चौधरीसँग त्यस्तो कुनै छलफल र कुराकानी नभएको सचिवालयले प्रष्ट पारेको छ ।

तपाईको प्रतिक्रिया