एमाले आदिबासी, मधेसी र थारु विरोधी पार्टी होइनः अध्यक्ष ओली


uml

काठमाडौं, असोज ५ गते । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले पार्टी आदिबासी जनजाति, मधेसी, थारु र अल्पसंख्यक विरोधी पार्टी नभई सो वर्गको पक्षमा लड्ने पार्टी भएको बताउनुभएको छ ।

पार्टीको केन्द्रीय कमिटीको बैठकमा बुधबार पार्टी मुख्यालय धुम्बाराहीमा आयोजित बैठकमा बोल्दै अध्यक्ष ओलीले त्यस्तो बताउनुभयो । मुलुकलाई विखण्डन गर्न चाहने शक्तिले एमालेलाई नियोजित रूपमा कमजोर बनाउन लागिपरेको उहाँले बताउनुभयो ।

बैठकमा उहाँले एमालेलाई आदीवासी जनजाती, मधेश विरोधी पार्टी भएको हौवा पिटाउँदै एमालेलाई कमजोर बनाउने खेल रचिएको दाबी गर्नुभयो ।

सञ्चारकर्मीलाई खुला गरिएको बैठकको प्रारम्भमा उहाँले भन्नुभयो “एमालेलाई सुरुदेखि नै आक्रमण गरिएको हो, संविधान निर्माणमा एमाले दृढतापूर्वक उभिएपछि विभिन्न राष्ट्रभित्र र बाहिरबाट विभिन्न खेल भए, एमालेलाई सरकार बनाउन नदिन ठूलो चलखेल भयो ।”

उहाँले एमाले नेतृत्वको सरकारलाई गिराएर आफ्नो स्वार्थ पूरागर्ने खेलमा केही शक्ति लागि परेको समेत बताउनुभयो । एमालेले एकढिक्का भएर त्यसको सामना गर्नेसमेत उहाँले प्रतिवद्धता जनाउनुभयो ।

यो सरकारलाई त्यसतर्फ कुनै रुची नै छैन ।” ०७४ माघ ७ गतेसम्म तीनै तहको निर्वाचन नगरिए मुलुका राजनीतिक र संबैधानिक रिक्तता उत्पन्न हुने बताउँदै त्यसबेला के हुन्छ भन्ने चिन्ता कसैलाई नभएको उहाँले बताउनुभयो ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले निर्वाचन गराउनै नसक्ने र संविधान कार्यान्वयन गर्ने नसक्ने जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, “हाम्रो नेतृत्वको सरकारले कार्यतालिका बनाएरै संविधान कार्यान्वयनको खाका तयार पारेको थियो, कानुन संशोधन र नयाँ कानुन निर्माणका आधार तयार पारिसकेको थियो ।

तर, यो सरकारलाई त्यसतर्फ कुनै रुची नै छैन ।” ०७४ माघ ७ गतेसम्म तीनै तहको निर्वाचन नगरिए मुलुका राजनीतिक र संबैधानिक रिक्तता उत्पन्न हुने बताउँदै त्यसबेला के हुन्छ भन्ने चिन्ता कसैलाई नभएको उहाँले बताउनुभयो ।

प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डले विदेशी भूमिमा गएर नेपालको समस्या ब्रिफिङ गरेको बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले नेपालको आन्तरिक कुराहरू छरपष्ट पार्ने मात्रै होइन पार्टी र त्यसको नेतृत्वको नामै किटेर उहाँ त भारत विरोधी हो नि भन्नुभएको छ, उहाँको कथन थियो । उनले एमाले भारत विरोधी पार्टी नभएको जिकिर गर्दै नेपालको स्वभाविमान जोगाउनु कुनै देश विरुद्ध नभएको प्रष्ट पार्नुभयो । पार्टी केन्द्रीय कमिटीको बैठकमा आज विभिन्न प्रतिवेदनहरू प्रस्तुत हुने एमालेले जनाएको छ ।

तपाईको प्रतिक्रिया