थारु समुदायमा जितियाको रौनक, नेपालीको जितको शुभकामना


sam_6469

काठमाडौं, असोज ५ गते । थारु समुदायका महिलाको प्रमुख चाडमध्ये रहेको जितिया पर्वको रौनक उपत्यकासहित पूर्व र मध्ये तराईको थारु गाउँबस्तीमा शुरुभएको छ । उपत्यकामा बसोबास गर्ने थारुले बुधबारदेखि नै जितिया पर्व मनाउन शुरुगरेका छन् ।

थारु महिला जागरण केन्द्रको आयोजनामा बुधबार यहाँ आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा वक्ताहरुले पर्वले सबै नेपालीको मन जोड्ने प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो । सबै जाती, वर्ग समुदायको भाषा, संस्कृतिलाई राज्यले समान हैसियत प्रदान गर्नुपर्ने माग पनि वक्ताहरुले गर्नुृभएको छ ।

नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले जितिया पर्वको अवसरमा शुभकामना व्यक्त गर्नुभयो । प्रमुख अतिथि बनाइनुभएका पाण्डेले कारणबस उपत्यका बाहिर रहनुपरेकाले टेलीफोनबाटै शुभकामना व्यक्त गर्नुभएको थियो । शुभकामनामा उहाँले थारुसमुदाय देशको आदिबासी रहेकाले आदिबासीको सम्मान र पर्वको उत्थानमा राज्यले ध्यान दिनुपर्ने बताउनुभयो ।

sam_6455

एमालेकी केन्द्रीय सदस्य भगवती चौधरीले जितिया पर्वले अरुलाई सहयोग गर्ने र सबैको सुख शान्ति समृद्धिको शुभकामना आदानप्रदान गरेर मनाउने पर्व भएको बताउनुभयो । भगवानको धेरै अवतारमध्ये जितमहान अवतार रहेको भन्दै उहाँले पर्वमा सूर्य भगवानको उपासना गरेर मनाउने चर्चा गर्नुभयो ।

पुत्रलाभ, पारिवारिक सुखशान्ति र समृद्धिकालागि पर्व मनाउने गरिएको बताउँदै उहाँले जितिया पर्व विजयको चाड भएकाले यस पर्वले सबै नेपालीको जित सुनिश्चित् गरोस् भन्ने कामना गर्नुभयो ।

पुत्रलाभ, पारिवारिक सुखशान्ति र समृद्धिकालागि पर्व मनाउने गरिएको बताउँदै उहाँले जितिया पर्व विजयको चाड भएकाले यस पर्वले सबै नेपालीको जित सुनिश्चित् गरोस् भन्ने कामना गर्नुभयो ।

एमालेकी युवा नेतृ निरु पालले थारु समुदाय सांस्कृतिकरुपमा धनी भएको बताउँदै राज्यले त्यसको संरक्षणमा ध्यान दिनुपर्ने बताउनुभयो । संस्कृति जोगाउनकालागि पहिले थारु समुदाय स्वयम् अग्रसर हुनुपर्नेभन्दै उहाँले थारुजस्तै अन्य समुदाय पनि सांस्कृतिक संरक्षण र सम्बद्र्धनमा ध्यान दिनुपर्ने बताउनुभयो ।

एमाले बुद्धिजिवी परिषदका डा. ढाकाराम सापकोटाले आफू चित्तवनको थारुवस्तीमै हुर्केबढेकाले थारुको संस्कृतिको धेरै माया लाग्ने गरेको बताउनुभयो । थारुको संस्कृति अन्य समुदायको संस्कृतिभन्दा फरक पहिचान दिनेखालका रहेकाले जितियाजस्तो पर्वको संरक्षणमा सबैले लाग्न शुभकामना दिनुभयो ।

केन्द्रकी अध्यक्ष फूलमति चौधरीको सभापतित्वमा भएको कार्यक्रममा रेणु चौधरी, इन्दिरा पोखरेल, लक्की चौधरी, धनकुमारी सुनार, सरला महतो, वसन्ती महतो, गीता थारु लगायतले जितिया पर्वसहित दशैं, तिहार, छठको अवसरमा शुभकामना व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया