थारु पर्वमा स्थानीय विदाको माग, पहिचानमाथि हमला नगर्न चेतावनी


sam_6455

कारी महतो थारु
चितवन, असोज ५ गते । थारु समुदायको चाडपर्वहरुमा थारु समुदायहरुले स्थनीय विदा हुनुपर्ने माग राखेका छन् । थारुहरुको चाड जितिया र यमोसा (पितृऔंसी) मा विदाको माग गरेपनि निजि विद्यालयहरुले सोही चाडपर्वमै दोस्रो त्रैमासिक परीक्षा सञ्चालन गर्न गैरहेकोले यसप्रति थारु कल्याणकारिणी सभा (थाकस) को ध्यानाकार्षण भएको जनाएको छ ।

थाकस क्षेत्रीय सभापति नारायणप्रसाद महतोले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै त्यसको विरोध गर्नुभएको छ । थारु समुदायले प्रत्येकवर्ष आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमीका दिनमा जितिया र औंसीका दिनमा पितृऔंसी पर्व धुमधाम मनाउने गर्दछन् । यसवर्ष जितिया पर्व असोज ६, ७ र ८ गते र पितृऔंसी असोज १३ र १४ गते परेको तर सोही दिनमा निजि स्कुलहरुले दोस्रो त्रैमासिक परीक्षा कार्यक्रम राखेकोले उक्त परीक्षा अन्य दिनमा सार्न चित्तवनका थारुले माग गरेका छन् ।

चाडपर्वमै परीक्षा राखिदा संविधानको धारा ३२ ले दिएको थारु बालबालिकाको मौलिकहक हनन भएको उल्लेख विज्ञप्तीमा गरिएको छ । परीक्षाका दिन बालबालिकाहरुले प्रत्यक्षरुपमा आफ्ना सँस्कृतिबारे बुझ्न, सिक्न र अनुभव गर्न नपाउने बुझाई थाकसको छ । थारु सँस्कृति विस्तारै लोप भई पहिचान नै नष्टहुने खतरा बढेकोले सम्पूर्ण शिक्षण संस्थाहरुमा उक्त दिनमा विदा दिन माग थारुले गरेका छन् ।

हेर्नुहोस् विज्ञप्तीको पूर्णपाठ

tks-bigyapti

तपाईको प्रतिक्रिया