थारु जितिया महोत्सवको भव्य तयारी, उदघाटन उपप्रधानमन्त्रीले गर्ने


sam_6497

काठमाडौं, असोज ६ गते । उपत्यकामा बसोबास गर्ने थारु समुदायले शुक्रबार काठमाडौंमा जितिया महोत्सव २०७३ मनाउने भएका छन् । थारु चेलीबेटीको प्रमुख चाडमध्ये रहेको जितियामा थारु चेलीले सूर्य भगवानको निराहर व्रत बसेर मनाउने गर्छन् ।

थारु महिला सभा र थारु महिला समाजले संयुक्तरुपमा विहिबार यहाँ पत्रकार सम्मेलन गरेर महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा मनाउने महोत्सवको उद्घाटन उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधीले गर्ने कार्यक्रम रहेको आयोजकले बताएको छ ।

सूर्य भगवानको उपासना गरी पारिवारिक सुखको कामना गरेर मनाउने यस पर्वलाई कपिलवस्तुदेखि पूर्वका थारु समुदायमा धुमधामकासाथ मनाउने प्रचलन छ । दाङ्पश्चिमका थारु समुदायले यस पर्वलाई मनाउँदैनन् । उनीहरु जितियाजस्तै व्रत बसेर अटवारी र अष्टमी मनाउने गर्छन् । गैरथारु समुदायले मनाउने तीज जस्तै थारु चेलीले जितिया पर्व मनाउने गर्छन् ।

sam_6515

आदिबासी थारुले परापूर्वकालदेखि जितिया पर्व समाजमा मनाउने गरेपनि काठमाडौं उपत्यकामा २०६१ सालदेखि जितिया महोत्सव नियमित मनाउँदै आएको समाजकी अध्यक्ष सरस्वती चौधरीले बताउनुभयो । विवाहित चेलीलाई माइतमा बोलाएर सबैले सामुहिक व्रत बस्ने र पारिवारिक सुखसयलका लागि सूर्य भगवानको प्रार्थना गर्नेगरेको चौधरीले बताउनुभयो ।

महोत्सवमा थारु जितियाका गीत, नृत्य, पूजापाठ गर्ने कार्यक्रम तयभएको थारु महिला सभाकी अध्यक्ष तारा चौधरीले पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो । महोत्सवका लागि सरकारले तीनलाख रुपियाँ खर्च सहयोग उपलब्ध गराएको अध्यक्ष चौधरीले जानकारी दिनुभयो । उपत्यकामा बासोबास गर्ने सबै थारु चेलीहरुले सामुहिक व्रत बसी महोत्सवमै पूजापाठ र भजनकिर्तन गर्ने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो ।

महोत्सवमा थारु जितियाका गीत, नृत्य, पूजापाठ गर्ने कार्यक्रम तयभएको थारु महिला सभाकी अध्यक्ष तारा चौधरीले पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो । महोत्सवका लागि सरकारले तीनलाख रुपियाँ खर्च सहयोग उपलब्ध गराएको अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।

यस वर्ष जितिया पर्वलाई उपत्यकासहित थारु बहुल २२ जिल्लामा आन्दोलनकोरुपमा मनाउने तय भएको थारु कल्याणकारिणीसभाले बताएको छ । केन्द्रीय सदस्य रामलाल चौधरीकाअनुसार संविधानमा देखिएको कमीकमजोरीलाई महोत्सवमार्फत् उठान गर्ने र सम्बोधनकालागि प्रमुख दलका नेताहरुलाई दवाव सृजना गर्ने कार्यक्रम रहेको बताउनुभयो ।

सभाकी अध्यक्ष चौधरीको सभापतित्वमा भएको पत्रकार सम्मेलनमा पत्रकार लक्की चौधरी, कृष्णराज सर्वहारी, थारु विद्यार्थी समाजका अध्यक्ष चन्द्रप्रसाद चौधरी, गीता थारु लगायतले जितिया पर्वको महत्व र सुधार्नु पर्ने पक्षको बारेमा चर्चा गरेका थिए ।

तपाईको प्रतिक्रिया