फोरम लोकतान्त्रिकका ३० सहित ३५ कार्यकर्ता थरुहट पार्टीमा प्रवेश


tharuhat

राम दहित
धनगढी, असोज ६ गते । मधेसी जनाधिकार फोरम (लोकन्तान्त्रिक) का ३० जनासहित ३५ जना नेता कार्यकर्ता थरुहट तराई पार्टी नेपालमा प्रवेश गरेका छन् ।

थरुहट तराई पार्टी नेपालले आज (विहिवार) धनगढीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य, केन्द्रीय पार्षदसहित विभिन्न राजनैतिक दलमा आवद्ध नेता, कार्यकर्ताहरु प्रवेश गरेका हुन् ।

विभिन्न राजनैतिकदल परित्याग गरी थरुहट पार्टीमा प्रवेश गर्नेहरुमा फोरम लोकतान्त्रिकका केन्द्रीयसदस्य रामप्रसाद चौधरी, केन्द्रीय पार्षद जगन्नाथ चौधरी, सीता थारु, विलारु चौधरी, देशराज चौधरी, जिल्लासदस्य घनश्याम कुश्मी, सदस्य सीताराम चौधरी, कालीचरण चौधरी, रामचन्द्र चौधरीलगायत रहेका छन् ।

फोरम लोकतान्त्रिकले उत्कर्षमा पुगेको थरुहट÷थारुवान आन्दोलनलाई तुहाउने काम गर्नुको साथै सडक संघर्षलाई वेवास्ता गरी सत्तास्वार्थमा लिप्तभएको आरोप उनीहरुको छ । फोरम लोकतान्त्रिक परित्याग गरी थरुहटमा प्रवेश गरेका रामप्रसाद चौधरीले अब थरुहट पार्टीमै रहेर देश र जनताकालागि योगदान दिने बताउनुभयो ।

त्यस्तै नेकपा एमालेको संगठित सदस्यता परित्याग गरी रामबहादुर थापा पनि थरुहट तराई पार्टीमा प्रवेश गरेका  छन् ।

फोरम लोकतान्त्रिकले उत्कर्षमा पुगेको थरुहट÷थारुवान आन्दोलनलाई तुहाउने काम गर्नुको साथै सडक संघर्षलाई वेवास्ता गरी सत्तास्वार्थमा लिप्तभएको आरोप उनीहरुको छ । फोरम लोकतान्त्रिक परित्याग गरी थरुहटमा प्रवेश गरेका रामप्रसाद चौधरीले अब थरुहट पार्टीमै रहेर देश र जनताकालागि योगदान दिने बताउनुभयो । उत्पीडित वर्गको हकअधिकार, पहिचान तथा माग र मुद्दा उठानमा सशक्त भूमिका निर्वाह गर्दैआएकोले थरुहट पार्टीमा आफुहरु प्रवेश गरेको पनि उहाँको भनाई छ ।

थरुहट तराई पार्टी नेपालका केन्द्रीय अध्यक्ष भानुराम थारुले पार्टी प्रवेश गर्नेहरुलाई टीका र माला लगाएर आफ्नो पार्टीमा प्रवेश गराएका थिए ।

तपाईको प्रतिक्रिया