संशोधन विधेयक संसदमा लग्नुअघि गठबन्धनसँग परामर्श गर्नुपर्ने माग


constitution

काठमाडौं, असोज ७ गते । पहिचानमा आधारित संघीय गठबन्धन दलले सरकारले एकलौटीरुपमा संविधान संशोधनको प्रस्ताव संसदमा लगेमा गठबन्धनलाई मान्य नहुने चेतावनी दिएको छ । संविधान संशोधन प्रस्ताव लग्नुअघि ३ बुँदे सहमतिअनुसार गठबन्धनसँग छलफल गरी साझा धारणा बनाउनुपर्ने माग गठबन्धनको छ ।

शुक्रबार यहाँ बसेको गठबन्धनमा आवद्ध दलको बैठकले सरकारले एकलौटीरुपमा संसदमा संविधान संशोधनको प्रस्ताव लग्ने तयारी गरेको भन्दै छलफलको माग गरेको हो । “संविधान संशोधनको विधेयकमाथि संसदमा पेश गर्नुभन्दा पहिले सरकारले गठबन्धनसँग परामर्श गर्नुपर्छ” गठबन्धन आवद्ध दलका नेताहरुले माग गरेका छन् ।

शुक्रबार बैठकपछि दुईबुँदे विज्ञप्ती जारीगर्दै संघीय गठबन्धन दलका नेताहरुले यसअघि सरकारले गठबन्धनसँग गरेको २६ बुँदे माग र त्यसको कार्यान्वयनका लागि सरकार गठनताका भएको ३ बुँदे सहमतिको अक्षरशः कार्यान्वयनको माग गरेका छन् ।

गठबन्धन दलमा आदिबासी जनजाति पार्टी, थरुहट तराई पार्टी, नेपाः राष्ट्रिय पार्टी, जमुक्ति पार्टी, सामाजिक लोकतान्त्रिक पार्टी, नेपाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, खसान संघर्ष समिति आदि रहेका छन् ।

final

तपाईको प्रतिक्रिया